बाढीपहिरो निरीक्षण गर्न प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउने

news
news
October 20, 4:26

प्रधानमन्त्री शेरबहादुर देउवा गृह प्रदेश सुदूरपश्चिम आउने भएका छन्।  लगातारको वर्षापछि आएको बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणका लागि उनी सुदूरपश्चिम आउनने भएका हुन्। 

नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउने जानकारी दिए। उ​नले सुदूरपश्चिममा पुगेको क्षतिका बारेमा जानकारी लिन आफूलाई प्रधानमन्त्रीले बोलाएको र कुराकानीका क्रममा सुदूरपश्चिम निरीक्षणका लागि जाने इच्छा व्यक्त गरेको बताए।

‘क्याबिनेट अगाडि मलाई बोलाउनुभएको थियो। मैले सुदूरपश्चिमको बाढीपहिरोपछिको वस्तुस्थिति, क्षतिबारेमा ब्रिफ गरेँ,’ नेता लेखकले भने, ‘प्रधानमन्त्री साह्रै गम्भीर देखिनुहुन्छ। सुदूरपश्चिम निरीक्षणमा जाने सोची रहनुभएको छ।’

उनले प्रधानमन्त्री देउवा गृहप्रदेश जाने मिति भने तय भइ नसकेको पनि बताए। नेता लेखकले भेटका क्रममा आफूले प्रधानमन्त्री देउवालाई बाढीपहिरो पीडितलाई उद्धार, राहतको व्यवस्था गर्न, मृतकका परिवारलाई तत्कालका लागि क्षतिपूर्ति दिन, घाइतेको उपचार गर्न र किसानका लागि दीर्घकालीन राहतका प्याकेज ल्याउन आग्रह गरेको पनि बताए।

‘बाढीपहिरोमा परेकाहरुलाई सबैभन्दा पहिले त उद्धार गर्नुपर्‍यो। राहत दिनुपर्‍यो। मृतकका परिवारलाई तत्कालका लागि राहत, घाइतेको उपचार गर्नुपर्‍यो भनेको छु,’ लेखकले भने, ‘बाढीले किसानको धानबाली बगाएको छ। किसानका लागि दीर्घकालीन राहतका प्याकेज ल्याउनुपर्‍यो भनेको छु। यसबारे आज क्याविनेटले निर्णय गर्ला।’

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा