तिहारअघि लाइसेन्सको आवेदन खुल्ने

news
news
October 24, 9:17

काठमाडौँ,७ कात्तिक । कात्तिक दोस्रो सातादेखि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला हुने भएको छ । करिब छ महिना बन्द भएको नयाँ आवेदन दोस्रो सातादेखि खुला गर्ने तयारी भएको विभागले जनाएको छ । गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ । ट्रायल परीक्षा भने सुचारु गरिएको थियो ।

कोरोना महामारीअघिसम्म नयाँ लाइसेन्सको आवेदन दिनेको सङ्ख्या दैनिक आठ हजार थियो । लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान विभागको छ । एक्कासि चाप बढ्न सक्ने भएकाले त्यसैअनुसारको तयारीसाथ खुला गर्न लागिएको विभागका प्रवक्ता डा. भुसालले जानकारी दिए ।

विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न राजपत्रमा सूचना प्रकाशन गर्न लागिएको जनाएको छ । सवारीसाधनको विवरण डिजिटल प्रणालीमा राख्न इम्बोस्ड नम्बर प्लेट लागू गरिएको थियो । राजपत्रमा प्रकाशन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सूचना पठाइसकिएको उनले बताए ।

२०७७ साउन १ गतेबाट पुनः सुचारु गरिए पनि नम्बर प्लेट राख्न आउनेको सङ्ख्या कम भएकाले अनिवार्य गर्न लागिएको हो । विभागले २०७४ भदौ ५ गतेबाट इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो ।

यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न सकिरहेको छैन । सात लाख व्यक्तिले करिब डेढ वर्षदेखि लाइसेन्स कु्रिरहेका छन् तर विभागले भने छपाइकार्ड सकिएको भन्दै हाल छपाइ कार्य नै बन्द गरेको छ । अत्यावश्यकबाहेक हाल छपाइ कार्य नभएको विभागले जनाएको छ ।छपाइ गर्न बाँकी लाइसेन्सको काम तिहारपछि गरिने भएको छ ।  

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा