डोटीमा खुल्ला भलिवल प्रतियोगिता हुने
धनगढी, ११ कार्तिक/डोटीको जोरायल गाउँपालिका ५ गडसेरामा धर्मसिह तुलसीदेवी स्मृति बृहत भलीबल प्रतियोगिता २०७८ हुने भएको छ । सातभाई बहुउदेश्यीय कृषी फर्म जोरायल गाउँपालिका–५ गडसेराको आयोजनामा बडीगाडमा कार्तिक १७ गते देखी भलिवल प्रतियोगिता हुने आयोजक समितिका शेरबहादुर देउवाले जानकारी दिए ।
दिपावलीको अबसरमा आयोजना हुने भलिवल प्रतियोगितको प्रथम टिमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रो हुने टिमलाई पाँच हजार नगद र ट्रफि पुरस्कार रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि उदयमान खेलाडी र उत्कृष्ट खेलाडीलाई पनि एक÷एक थान हाते घडी र ट्रफी पुरस्कारको व्यबस्था समेत रहेको जनाएको छ ।
नकआउट चरणमा खेलाईने प्रतियोगिताको प्रबेश शुल्क दुई हजार रहेको छ भने १५ टिम सहभागि हुने आयोजकले अनुमान गरेको छ । डोटीमा भलिवल खेलको विकास, खेलाडी उत्पादन, खेलाडी व्यवसायिकरण गरी युवाहरुलाई कुलतबाट टाढा राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक श्रवण देउवाले जानकारी दिए ।