डडेल्धुरामा बस दुर्घटना, १० जना घाइते

news
news
October 31, 10:46

धनगढी, १४ कार्तिक । दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस डडेल्धुरामा दुर्घटना भएको छ। जिल्लाको आलिताल गाउँपालिका –१ स्थित घण्टेश्वर मन्दिर नजिक सडकबाट ना८ख ६१३२ नम्बरको बस करिब १०० मिटर तल खसेको प्रहरीले बताएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसमा ३२ जना सवार रहेको र १० जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि धनगढी ल्याइँदै छ।

घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका -६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका -८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार -६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका -१० का ३० वर्षीय चन्द्र बहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेका प्रहरीले जनाएको छ।

घटनाको विस्तृत विवरणका साथै घाइते अन्य तीन जनाको विवरण आउन बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा