कार्यवाहक प्रधानमन्त्री खाँण डडेल्धुरामा

news
news
November 03, 12:35

डडेल्धुरा: प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले डडेल्धुराको गन्यापधुरा–१ र ३ स्थित बाढीपहिरो क्षेत्रको निरीक्षण गरेका छन्। उनलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिराबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै राहत र बस्ती स्थानान्तरणका लागि आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन्। 

सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खाँणले जनतालाई राहत र घर निर्माणका लागि सरकारले सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। यस क्षेत्रमा बाढीपहिराबाट झण्डै २५० घरधुरी जोखिममा पर्नुका साथै खेतीयोग्य जमिनसमेत कटानमा परेको छ। सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा उनी यहाँ आएका हुन्। 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा