रक्सी खाएर हतियारसहित हाे–हल्ला गर्दै हिँड्ने नेपाली सेनाका मेजर पक्राउ

news
news
November 08, 3:31

कैलाली – कैलालीको चिसापानीमा रहेकाे इलाका प्रहरी कार्यालयले हिजाे आइतवार राति रक्सी खाएर हो–हल्ला गर्दै हिँडेका नेपाली सेनाका एक मेजरलाई पक्राउ गरेकाे छ । 

प्रहरीले लम्कीचुहा नगरपालिका ३ गोराङ्गेमा रहेकाे सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाहीलाई हतियारसहित पक्राउ गरेकाे हो । मेजर रक्सीकाे नसामा लठ्ठिएका मेजर शाहीले स्थानीयवासीलाई गालीगलौज गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे हो । 

उनी रातिको समयमा स्थानीय एक होटलमा छिरेका थिए । उनले होटल सञ्चालकलाई गालीगलौज गर्नुका साथै हातपातको प्रयाससमेत गरेका थिए । होटल सञ्चालक हर्क रावलले मेजर शाही रक्सीले लठ्ठिएर आफ्नो होटलभित्र छिरेको बताउनुभयाे । 

‘उनी रक्सीले लठ्ठ थिए । होटलमा छिर्नेबित्तिकै मसँग अभद्र व्यवहार गरे । हामी चार जना थियौँ’, रावलले भन्नुभयाे, ‘साथीहरूले बाहिर पठाए । त्यसपछि उनी हतियारसहित सडकमा होहल्ला गर्दै हिँडेछन् ।’

होटलबाट निस्केका मेजर शाही शिक्षालय पुगेर एक जना ड्युटीमा रहेका सैनिकलाई लिएर फेरि झन्डै चार किलोमिटर टाढा रहेको चिसापानी बजार पुगेर सर्वसाधारणलाई गालीगलौज गर्दै हिँडेकाे र केही व्यक्तिलाई हातपातसमेत गरेका स्थानीयवासीले बताएका छन् ।  

उनी राइफल समातेर बजारमा डुल्न थालेपछि केहीबेर चिसापानीको माहाेल त्रसित बनेको स्थानीयवासीले बताए । उनलाई प्रहरीले घेरा हालेर पक्राउ गरेकाे थियाे ।  

स्थानीयवासीले प्रहरीले मेजर शाहीलाई सुरक्षा दिएको भन्दै इलाका प्रहरी कार्यालय चिसापानीमा ढुङ्गामुढा गरेका छन् । उनीहरूले मेजर शाहीलाई कारबाहीको माग गरेका छन् । 

पक्राउ परेका मेजर शाहीले रक्सीकाे नसाले मात्तिएर गल्ती गरेको भन्दै माफी मागेका छन् । यस्तै स्थानीयवासीले ढुङ्गामुढाबाट क्षति पुगेको प्रहरी कार्यालयको मर्मत गरिदिने बताएका छन् । 

प्रहरीले मेजर शाहीलाई पत्रसहित शिक्षालयमा पठाएकाे छ । घटनाका बारेमा छानबिन गर्न सुर्खेतमा रहेकाे पृतनालयले एक टोली चिसापानी पठाएको बताइएकाे छ । 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा