प्रेम आलेले विमानस्थल लफडा र मदिरा काण्डबारे बुझ्न सीईओ र नासुलाई मन्त्रालय डाके

news
news
November 08, 4:32

काठमाडौंः पर्यटन बोर्डका सीईओ र भन्सार कर्मचारीबीच त्रिभुवन विमानस्थलमा भएको विवादलाई लिएर पर्यटनमन्त्री प्रेम आलेले दुवै पक्षलाई मन्त्रालय डाकेका छन्। आलेकै नेतृत्वको भ्रमण दलमा सहभागी सीईओ रेग्मीले लन्डनबाट फर्कने क्रममा विमानस्थलमा भन्सार कर्मचारीसँग लफडा गरेका थिए।

लण्डनमा ३ दिनको कार्यक्रमपछि मन्त्री आलेसँगै फर्किएका रेग्मीले विमानस्थलमा भन्सार कर्मचारीलाई हातपात गरेको आरोप लागेको छ सँगै फर्किए पनि अलगअलग द्वारबाट निस्केकाले सो घटनाबारे आफूले थाहा नपाएको आलेले बताए। यस विषयमा आफूले छलफलका लागि दुवै पक्षलाई मन्त्रालय बोलाएको उनले जानकारी दिए। गल्ति देखिए आवश्यक कारबाही हुने मन्त्री आलेको भनाइ छ। मन्त्री आले, पर्यटन सचिव यादव कोइराला र पर्यटन बोर्डका सिइओ रेग्मी नोभेम्बर १ देखि लण्डनमा सुरू भएको ३ दिने वर्ल्ड ट्राभल मार्टमा सहभागी हुन गएका थिए। भाइटीकाको दिन बिहान लण्डनबाट नेपाल फर्कने क्रममा विमानस्थलमा लफडा भएको थियो।

स्रोतका अनुसार रेग्मीले ६ बोतल मदिरा साथमा ल्याएका थिए। एक व्यक्तिले विदेशबाट आउँदा १ लिटर मात्रै मदिरा ल्याउन पाउने कानूनी व्यवस्था रहेको छ। यही विषयलाई लिएर विवाद सुरू भएको र रेग्मीले नासु थापालाई थप्पड हानेको विमानस्थल स्रोतले बताएको छ। रेग्मीमाथि भन्सार ऐनअनुसार कारबाही चलाउँदै ५ हजार जरिवाना गराइएको छ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा