पर्यटन मन्त्री आले र इजरायली राजदूत बिच भेटवार्ता

news
news
November 16, 1:20

विमल विष्ट
काठमाण्डौ, कात्र्तिक ३०
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि इजरायलका राजदूत हेनान गोदरले आज सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत गोदरले इजरायल र काठमाडौँ बिच सिधा हवाई उडानका लागि इजरायल सरकारले पहल गर्ने आश्वासन दिनुभयो । सोही क्रममा राजदूत गोदरलेइजरायल–भैरहवा सिधा हवाइ उडान गर्न इजरायल सरकार इच्छुक रहेको जानकारी समेत दिनुभयो ।
साथै भेटवार्ताका क्रममा मन्त्री आलेसँग राजदूत गोदरले दुइ हप्ता भित्रमा कम्तीमा पनि एक हजार नेपाली कामदार इजरायल लैजाने कार्यक्रम रहेको र सोका लागि नेपाल वायुसेवा निगमको A 330 जहाँज भाडामा लिन इच्छुक रहेको बताउनुभयो । यसैगरी राजदूत गोदरले नेपालको आन्तरिक हवाइ उडानमा बिदेशी र नेपालीको असमान हवाइ भाडादरका विषयमा चासो व्यक्त गर्नु भएको थियो । राजदूत गोदरसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल र इजरायल बिच सिधा हवाइ सम्पर्कका लागि आफुहरु तयार रहेको बताउनुभएको थियो ।
नेपालको आन्तरिक हवाइ उडानमा बिदेशी र नेपालीको असमान हवाइ भाडादर घटाउन पहल गर्ने मन्त्री आलेले राजदूत गोदरलाई आश्वासन समेत दिनुभयो । भेटवार्ताकै क्रममा राजदूत गोदरले (drive in cinema) गाडीमा बसी ५० वटा ठूलो पर्दामा फिलिम हेर्न मिल्ने प्रबिधि नेपालमा पहिलो पटक प्रयोग गरी ५० मिनेटको इजरायलको फिलिम हेर्ने कार्यक्रमको प्रमुख आतित्थ्यका लागि मन्त्री आलेलाई निमन्त्रण समेत गर्नुभयो । दुइ हप्ता पछि उक्त कार्यक्रम नेपालको सोल्टि होटेलमा उद्घाटन गरिने जनाइएको छ ।
भेटकै क्रममा मन्त्री आलेले नेपालको विविधि क्षेत्रमा इजरायले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास समेत व्यक्त गर्नुभयो। नेपाल सरकारले निजगढमा निर्माण गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानीकर्ता जुटाइ दिन वा G2Gमार्फतकाम गर्नसमन्वय गरिदिन मन्त्री आलेले राजदुत गोदरसँग आग्रह गर्नुभयो। सो विषयमा राजदुत गोदरले आवश्यक समन्वय र पहल गर्ने आश्वासन दिनु भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा