कांग्रेस महाधिवेशन : प्युठानमा गोली चल्यो

news
news
November 24, 8:59

काठमाडौँ - प्युठानमा गोली चलेको छ । प्युठानको स्वर्गद्वारी क्याम्पसमा कांग्रेस महाधिवेशन अन्तर्गत जिल्‍ला सभापति पदका लागि भएको मतदानको मतगणना चलिरहेका बेला युवाहरूले झडप गरेपछि प्रहरीले रबरकाे गोली चलाएको हो ।

सभापतिका उम्मेद्वार शेखर–गगन पक्षका विष्णु गिरीले ५२९ मत ल्याएका थिए भने देउवा पक्षका शिव रिजालले ४६९ मत ल्याएका थिए । १०६५ मत खसेकोमा ६ मत बदर भएको थियो भने ६५ मत गणना गर्न बाँकी रहेका बेला देउवा पक्षका कांग्रेस कार्यकर्ताले तोडफोड गरेपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन गोली चलाएको हो । युवाहरुको आक्रमण गर्दा केही घाइते समेत भएका छन् । 

गिरीले अब ४ मत पाएको खण्डमा जित हुने निश्चित भएपछि देउवा पक्षका युवाहरुले हुलहुज्जत गरेकाे स्थानीयले बताएका छन् । यसैबीच, प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुई राउण्ड अश्रुग्यास मात्रै प्रहार भएको बताए । मतगणना रोकिएपनि अहिले अवस्था नियन्त्रणमै रहेको उनले बताए । कांग्रेसको १४औं महाधिवेशन अन्तरगत एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा आज जिल्ला अधिवेशन हुने कार्यतालिका थियो । अवस्था नियन्त्रणमा लिन प्रहरीले सात सेल अश्रुज्ञास प्रहार गरेको प्रहरीले जनाएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा