कञ्चनपुरमा १८ वर्षमाथिका सबैलाई खोप

एक
एक
November 24, 2:30

कञ्चनपुर — कञ्चनपुरमा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । शनिबारदेखि जिल्लामा १८ वर्षमाथिका सबैलाई खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले भेरोसेल र अस्ट्राजेनेकाको खोप लगाइने छ । पहिलो चरणमा भेरोसेलका १ लाख डोज खोप आउनेछ ।जिल्लामा मौज्दात रहेको ७ हजार अस्ट्राजेनेकाको खोपमध्ये दोस्रो डोजका लागि सुनिश्चित गरेर लगाइने स्वास्थ्य कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा १८ देखि ४५ वर्षसम्म र यसअघि विभिन्न उमेर समूहमा खोप लगाउन छुटेका गरी २ लाख जनालाई खोप लगाउन बाँकी छ । कतिपय पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेका पनि छन् । ‘अब १८ वर्षमाथिका सबैलाई खोप लगाउने गरी आउँदै छ,’ कुँवरले भने, ‘यसअघि छुटेका र दोस्रो डोज नलगाएका सबैलाई खोप दिइनेछ ।’

हालसम्म जिल्लामा १ लाख १४ हजार ६६८ लाई पहिलो मात्रा र १ लाख ३४ हजार ६ सय ६३ लाई दोस्रो मात्रा खोप लगाइसकिएको छ । पहिलो मात्रा अन्यत्र लगाएर दोस्रो मात्रा यहाँ लगाएका कारण बढी देखिएको हो । स्वास्थ्य कार्यालयका अनुसार ४५ वर्षभन्दा माथिको उमेर समूह, सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलगायतलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा