कैदीबन्दीहरूको लागि सीपमूलक तालिम सञ्चालन गरिने

news
news
December 06, 3:14

अछाम, २० मंसिर । अछामका कैदीबन्दीहरूको लागि सीपमूलक तालिम सञ्चालन गरिने भएको छ । सीपमूलक तालिमको सुदूरपश्चिम् प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले उद्घाटन गरेकी हुन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ६ लाख आर्थिक सहयोगमा होजियारी, बाँसका मुढा, सिलाइकटाइ, हाते कढाइसम्बन्धी कैदीबन्दीहरूलाई तालिम दिइने भएको छ ।

मन्त्री जोशीले कारगारमा रहँदा सिकेको सिपलाई कैदमुक्त भएपछि व्यवहारमा रुपान्तरण गरी जीविकोपार्जन तथा व्यवसायीक हिसावमा सहज बनाउन कैदीबन्दीलाई तालिम दिन लागेको बताइन् ।

साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले कारागारलाई बन्दी जिवनका रूपमा नलिइ सुधार गृहका रूपमा लिनुपर्नुमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले कानूनको पालना गर्दै कारागारभित्रै सिपमूलक तालिम लिनाले कैदमुक्त भएपछि समाजमा पुनर्स्थापना हुन सहज हुने  बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा