अछाममा भूमिहीनको तथ्यांक संकलन सुरु

news
news
January 02, 11:06

अछाम,१८ पुष  / अछामको बान्नीगढी जयगढ गाउँपालिकामा पालिकाभित्रका भूमिहीन र अव्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न सहजकर्ता परिचालन गरिएको छ। गाउँपालिकाभित्र रहेका भूमिहीन र अव्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न सहजकर्ता परिचालन गरेको बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए। 

तथ्यांक संकलनको काम सकिएपछि पालिकाभित्रका भूमिहीन र अव्यवस्थित बसोबासीहरूलाई जग्गा धनी प्रमाण पत्र दिने अध्यक्ष खड्काले बताए। लामो समयदेखि अरुको जग्गामा घर बनाई बसोबास गरिरहेका तर जग्गाधर्नी पूर्जा नभएकालाई जग्गाधनी प्रमाणपत्र दिने उद्देश्यले एफएमडीसीको सहयोगमा अभियान थालिएको खड्काले बताए।

आफ्नै कार्यकालमा विकास बजेट कटौती गरेर भए पनि भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र दिने उद्देश्यले काम गरिएको उनले बताए। पालिकाभित्रका भूमिहीन र अव्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न १८ पुसदेखि पालिकाका ६ वडामा १२ जना सहजकर्ता परिचालन छन्। रासस

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा