मौसमले जहाज समयमै अवतरण हुन नसक्दा यात्रु आकाशमै बेहोस

news
news
January 20, 12:03

काठमाडौं  ६ माघ काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस भएका छन् । बुद्ध एयरका अनुसार काठमाडौंबाट ७ : ४४ मा उडेको उडान नं ४५१ जहाज निर्धारित समयअनुसार ८: ४४ मा अवतरण हुनुपर्ने थियो ।

तर, नेपालगञ्ज विमानस्थलको मौसम प्रतिकुल नभएपछि जहाज होल्डमा पर्‍यो । यो जहाज बिहान ९स्१८ मा अवतरण भएको थियो । सो क्रममा एक महिला यात्रु बेहोस भेटिएको र उनलाइ बुद्ध एयरको एम्बुलेन्सबाटै नेपाल आर्मीको अस्पतालमा लगिएको थियो ।

अस्पतालमा सामान्य उपचारपछि उनी निको भएर फर्किसकेको कम्पनीका एक अधिकारीले जानकारी दिए । ‘जहाज धेरै समय होल्ड भएपछि आत्तिएर बेहोस भएको जस्तो देखिन्छ,’ उनले भने । जहाजमा ६९ जना यात्रु थिए ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा