बलरहरु घातक सावित हुँदा नेपालद्वारा ओमान पराजित

नेपालद्वारा ओमान पराजित
नेपालद्वारा ओमान पराजित
February 18, 5:48

काठमाण्डौं,६ फागुन / ब्याटिंग नचलेता पनि शानदार बलिंग प्रदर्शन गरेपछि आयोजक ओमानलाई ३९ रनले पराजित गर्दै टि(ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। बलियो ओमानसंग जितसंगै नेपालले सेमीफाइनल सम्भावना समेत बलियो बनाएको छ।

अल अमिरात मैदानमा नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा ७८ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

अत्यन्त खराब सुरुवात गरेको ओमानले पहिलो ६ विकेट ३५ रनको स्कोरमै गुमाउन पुग्यो। ओमान ओपनर कश्यप प्रजापति खाता नखोली कमल सिंह ऐरीबाट पहिलो ओभरमा क्याच आउट भए। ३ रन बनाएर आयान खान जितेन्द्र मुख्यबाट लगत्तै ओभरमा विकेटपछाडी समेटिन पुगे। ९ रन बनाएका ओपनर जतिंदर सिंह दिपेन्द्र ऐरीबाट रन आउट हुन पुगे। सातौँ ओभरमा खवर अलिलाई कप्तान सन्दिप लामिछानेले बोल्ड गरे। कप्तान जिशान मक्सुद पनि मात्र २ रन बनाएर दिपेन्द्र ऐरीबाट क्याच आउट भए। त्यसपछि नसिम खुसिले १८ बलमा २ छक्का र १ चौका मद्दतले २४ रन बनाउदै जिततर्फ डोर्याउने प्रयास गरे। तर कप्तान सन्दिपले तेह्रौं ओभरमा खुसिलाई बोल्ड गर्दै नेपाललाई खेलमा हावी गराए। ६६र६ को अवस्थाबाट ओमनाले थप १२ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

नेपालको बलिंगमा कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट ९ ३(०(१५(३ ० लिए भने सन्दिप लामिछाने ९ ४(०(२०(२ ० र दिपेन्द्र सिंह ऐरीले ९ ४(०(१५(२ ० समान दुई विकेट लिए। जितेन्द्र मुखिया ९ ३(०(९(१ ० र अविनाश बोहराले ९ ३(०(११(१ ० ले समान एक विकेट लिए।

टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा विकेट ७ क्षेतीमा ११७ रन बनाएको थियो।

नेपालको सुरुवात खराब रह्यो। पहिलो ओभरमा आसिफ शेख ५ रन र तेश्रो ओभरमा कुशल भुर्तेल ४ रन बनाएर बिलाल खानबाट विकेटपछि क्याच आउट भए। त्यसपछि सातौँ ओभरमा १५ रन बनाएका ज्ञानेन्द्र मल्ल फयाज बटबाट बोल्ड भए। १८ बलमा ११ न बनाएका दिपेन्द्र ऐरी नवौं ओभरमा जिशान मक्सुदबाट स्टम्प आउट भए। नेपाल ४०र४ को अवस्थामा पुग्यो। आरिफले एक किनार सम्हालेता पनि अर्को किनारमा विकेट निरन्तर गुम्यो।

पाँचौ विकेटको लागि आरिफ शेख र लोकेश बमले २७ रन जोडे। लोकेश १६ रन बनाएर चौधौं ओभरमा खवर अलिबाट क्याच आउट भए। १६ औं ओभरमा अलिले ७ रन बनाएका विवेक यादवलाई पनि क्याच आउट पारे। अलिले कमल सिंह ऐरीलाई पनि क्याच आउट पारे।

इनिंग्सको अन्तिम दुई ओभरमा सन्दिप लामिछानेले आक्रामक सट खेल्दै योगफल सय पार गरे। अन्तिम बलमा आउट हुनु अघि आरिफ शेखले ३७ बलमा २ चौका मद्दतले ३८ रन बनाए। अविजित रहेका सन्दिपले ७ बलमा १ चौका र १ छक्का मद्दतले १६ रन बनाए।

ओमानका बलर खवर अलिले तिन विकेट लिंदा बिलाल खानले दुई तथा फयाज बट र जिशान मक्सुदले समान एक विकेट लिए।

प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल फिलिपिन्ससंग शनिवार खेल्नेछ। खेल नेपाली समय ११स्४५ बजे सुरु हुनेछ। यस्तै तेश्रो खेल नेपालले क्यानडासंग खेल्नेछ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा