स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृत खटिए

April 22, 6:52

काठमाडौँ,९ वैशाख / यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । यस्तै ७५३ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । गत चैत १३ गते नियुक्त भएका उनीहरुले आगामी जेठ मसान्तसम्म स्थानीय तहमा रहेर काम गर्नेछन् । निर्वाचन सम्पन्न गरी उम्मेदवारलाई निर्वाचित भएको प्रमाणपत्र दिने तथा गाउँ तथा नगर कार्यपालिकाको चुनाव गराएर मात्रै उनीहरुको काम सकिने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले  जानकारी दिए । 

स्थानीय तहमा कार्यालय स्थापना गरेका निर्वाचन अधिकृतहरूले तत्काल स्थानीय राजनीतिक दलहरूसँग अन्तरक्रिया गरेर निर्वाचन कार्यक्रमको सूचना टाँस  गर्नेछन् । आचारसंहिता अनुगमनदेखि निर्वाचनसम्बन्धी काम गर्नका लागि उनीहरुले आफ्नो कार्यालयमा १० जनासम्म कर्मचारी नियुक्त गर्छन् ।  यस्तै वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता गर्छन् । त्यसपछि उम्मेदवारमाथिको दावी विरोधको सूचना निकाल्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने काम गर्छन् । उम्मेदवारको अन्तिम नाम प्रकाशन गरेसँगै उनीहरुलाई निर्वाचन चिह्न वितरण गर्छन् । निर्वाचनको दिनको अघिल्लो दिनभित्र मतदानस्थल र केन्द्रको व्यवस्थापन गर्छन् । 

वैशाख ३० गते मतदान केन्द्रमा निर्वाचन गराउँछन् । मतदान स्थलमा अधिकृत, सहायक मतदान अधिकृतलाई खटाइन्छ । मतदान सकिएपछि मतपेटिका संकलन गरी मतगणना सम्पन्न भएपछि मतपरिणाम सार्वजनिक गर्छन् । निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र दिने तथा निर्वाचित भएको १५ दिनभित्र गाउँ÷नगर कार्यपालिकाको निर्वाचन गराएपछि उनीहरुको काम सम्पन्न हुन्छ । आगामी जेठ महिनाभर उनीहरुको पदावदी कायम रहने आयोगले जनाएको छ । आयोगले गत चैत १३ गते ७७ जिल्ला न्यायाधीश तथा राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारीलाई निर्वाचन अधिकृत तोकिएको थियो । 

निर्वाचन अधिकृतले कार्यालय व्यवस्थापन गर्दै सम्बन्धित क्षेत्रमा काम सुरु गरिसकेको निर्वाचन आयोगले जनाएको छ । यसैबीच आयोगले निर्वाचनमा लागि चाहिने ५८ प्रकारका निर्वाचन सामग्री तयार गरेको छ । ती सामग्रीहरु आयोगले केन्द्रबाट जिल्ला निर्वाचन कार्यालयहरूमा पठाउन थालको आयोगका सहप्रवक्ता अर्यालले जानकारी दिए । यस्तै आयोगले हालसम्म १ करोड २० लाख हाराहारी मतपत्र प्रकाशन गरिसकेको छ । आयोगले झन्डै २ करोड मतपत्र प्रकाशन गर्ने तयारी अनुसार काम गरिरहेको छ । केही दुर्गम जिल्लाहरुमा आयोगले मतपत्र पठाउने काम समेत सुरु गरिसकेको छ । 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा