kagendra

बझाङका युवक करिब एक किलो सुनसहित पक्राउ

May 03, 12:48

नेपालगञ्ज – बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका वडा नं २ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङको जयपृथ्वी नगरपालिका–१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुराबट खटेको संयुक्त प्रहरी टोलीले शङ्कास्पदरूपमा हिँडिरहको अवस्थामा सिहंलाई नियन्त्रणमा लिएको थियो। प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोज्दा प्रहरीले पिछा गरेर उनलाई पक्राउ गरेको थियो।

सिंहले बोकेको कालो रङको झोलाभित्र खानतलासी गर्दा सुनबाट निर्मित विभिन्न गहना बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हार, मङुगलसूत्र, बाला, दाना, झुम्की, रामलीला, झाला, ब्रासलेट, कानपासा, औठी, टप, फुली, टुक्राहरू पत्थर र मालासहित विभिन्न प्रकारका गहना तौल गर्दा ८०२ ग्राम ७३ मिलीग्रामका सुनका गहना बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको गहनाको अन्दाजी मूल्य ६२ लाख बराबरको रहेको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट सिंहले यही वैशाख ४ गते भारतको बैङ्गलौरस्थित सुन पसलबाट चोरी गरेको बुझिएको छ। यसका लागि भारतीय प्रहरीसँग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार अनुसन्धानमा प्रभाव पर्ने भएको र अन्य संलग्न व्यक्ति पक्राउ नपरेको हुँदा मालसामान धनीहरूको नाम गोप्य राखेको जनाएको छ।रासस

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार
 पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी… विस्तृतमा
घाटमा सिसिटिभी क्यामेरा जडान
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्य… विस्तृतमा
हिलाम्मे–धुलाम्मे सडक सफा गर्न करोडौँ खर्च
बैतडी । बैतडी जिल्लाका स्थानीय तहले ग्रामीण सडक सफा गर्न वार्षिक करोडौँ रुपियाँ खर्च गर्दै आइरहेका… विस्तृतमा
सेती प्रादेशिक अस्पतालमा सिकलसेलको जाँच निःशुल्क
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल… विस्तृतमा