बाजुरामा एकजना मृत्त फेला

June 03, 1:40

बाजुरा २० जेठ /  बुढीगंगा नगरपालिका ९ बासुरेका चन्द्रबहादुर शाहीका १६ बर्षिया छोरा धर्म शाही मृत्त फेला परेका छन् । घरबाट चार दिन पहिला मात्र काठमाण्डौ गएका थिए ।
काठमाण्डौ जिल्लाको कागेश्वर मनोहरा नगरपालिका ६ मुलपानीको लक्ष्मीनारायण मन्दिर नजिक रहेका ब्रदी प्रसाद कुईकेलको खाली जग्गामा जेठ १९ गते बिहान मृत्त अवस्थामा फेला परेका मृतकका अंकल हिक्मत्त शाहीले जानकारी दिए ।
मृतकका अंकल शाहीका अनुसार आफुले जेठ १८ गते काँडाधारी सनसिटी स्थित सुमन श्रेष्टले संचालन गरेको पासा मोटर साईकल वर्कशपमा कामको लागि छोडेर गएको थिए । १९ गते फोन मार्फत मृत्यू भएको खबर आयो ।
खाली जग्गामा घाटीमा सुतली र जुत्ताको डारीले बेरेको अवस्थामा मृत्त अवस्थामा फेला परेकोले त्यसको छानबिनको लागि बौद्ध प्रहरीमा उजुरी दिएको छ ।
निबेदन पछि घटनाको छानबिन गरी दोषिलाई कार्बाहीमा ल्याउन प्रहरीले बताएको छ । छानबिनमा सबैले सहयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा