बझाङमा हिम पहिरोमा परि एक महिलाको मृत्यु

June 03, 2:53
बझाङ, २० जेठ । बझाङमा यार्सा संकलनका क्रममा हिम पहिरोमा परि एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्मा गाउँपालिका १ नाउलाकी ३० वर्षीया सिन्की बोहरा रहेकी छन्।
बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेको बेला माथिबाट खसेको हिमपहिरोमा परि बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका छन्।
मृतक बोहराको उद्दारका लागि नेपाल प्रहरी, शशस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको बझाङ प्रहरी प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए। मृतक बोहराका एक छोरा एक छोरी रहेका छन्।
बझाङमा बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि सुर्मा, साइपाल र बुङ्गलका स्थानीयहरु घरमा ताला लगाएर यार्सा संकलनका लागि लेकतर्फ गएका थिए।
June 18, 10:05
June 18, 10:03
June 18, 9:55
June 13, 6:08
June 13, 5:55
June 18, 10:05
June 18, 10:03
June 18, 9:55
June 11, 9:53
June 09, 7:29
November 15, 6:11
November 16, 5:36
November 17, 5:21
November 18, 2:37
November 19, 1:13

सम्बन्धित वर्गका समाचारहरू
June 18, 10:05
धनगढी, ४ असार – कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा
June 18, 10:03
धनगढी, ४ असार – कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा