डाेटी कांग्रेसकाे राहत कोषबाट लालबहादुरलाई सहयोग

June 13, 6:08

धनगढी ३० जेठ/नेपाली कांग्रेस डोटीले अपाङ्गता भएका लालबहादुर कलेललाई आर्थिक सहयोग गरेको छ । डोटीको बडिकेदार गाउँपालिका–१, डाङ घरभई हाल धनगढी उपमहानगरपालिका–१७, डमौलिया बस्दै आएका कलेल शारीरिक रुपमा पूर्ण अशक्त हुन् । उनले नियमित औषधि सेवन गर्नुका साथै समय समयमा पिसाव थैली परिवर्तन गर्नु पर्ने भएकाले केही राहत होस् भनेर नेपाली कांग्रेस डोटीले राहत कोषबाट आर्थिक सहयोग गरेको हो ।

नेपाली कांग्रेस डोटीले आफ्नो आन्तरिक राहत कोषबाट कलेललाई १० हजार रुपैयाँ औषधिमूलोका लागि सहयोग गरेको जनाएको हो । दीर्घ रोगी भएका बिरामीलाई नियमित औषधि सेवन गर्न समस्या पर्ने भएका भन्दै राहत कोषबाट निर्णय गरेर आवश्यकता अनुसार सहयोग गर्ने गरेको कांग्रेस जिल्ला सभापति नरेन्द्रबहादुर सिंहले बताए । उनले भने,‘कलेलजी हाम्रो पार्टीका होनाहार नेता हुन्, उनको पार्टी प्रतिको योगदानको हामीले मूल्याङ्कन गरेका छौं ।’

२०५६ जेठ १९ गते डोटीको बर्छैनमा हिँडिरहेका बेला चिप्लिएपछि सँगै बोकेको (लाइसेन्सवाला बन्दुक) बन्दुक पड्किएर उनको करङबाट पिठ्युँमा गोली निस्केको थियो । सबै नसाहरू कटेपछि उनको कम्मर मुनिको शरीर नचल्ने भएको हो । पूर्ण अशक्त रहेका कलेल दिसा पिसाब पनि प्लाष्टिकको पाइपमार्फत् गर्छन् । उनको प्लाष्टिकको पाइप र थैली समय समयमा फेर्नुपर्ने भएकाले उनलाई थोरै रकम भएकाले सहयोग होस् भनेर यो राहत प्रदान गरिएको पनि उनले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा