डा. बद्री विनाडीद्धारा जोराघाट माविमा १ लाख ५१ हजार राशिको पुरस्कार स्थापना

सह प्राध्यापक तथा लोक साहित्यका ज्ञाता डा. बद्री शर्मा विनाडी
सह प्राध्यापक तथा लोक साहित्यका ज्ञाता डा. बद्री शर्मा विनाडी
July 18, 9:41

डोटी २ श्रावण - सह प्राध्यापक तथा लोक साहित्यका ज्ञाता डा. बद्री शर्मा विनाडीले जोराघाट माध्यमिक विद्यालयमा ‘तुलसा-भीमलाल विनाडी स्मृति पुरस्कार’ स्थापना गर्नुभएको छ । उहाँले आफ्नी स्वर्गीय आमा तुलसा विनाडी र बुबा भीमलाल विनाडीको सम्झनामा १ लाख ५१ हजार १ सय ११ रुपैयाँ धनराशिको उक्त पुरस्कार स्थापना गर्नुभएको हो । लोक साहित्यमा विद्यावारिधि गर्नुभएका विनाडीले यहाँको मौलिक संस्कृति जगेर्ना गर्ने उद्देश्यले उक्त पुरस्कार स्थापना गरिएको बताउनु भयो । तत्कालीन सात्फरी गाउँ विकास समितिको जोराघाटमै जन्मिनु भएका विनाडीले पुरस्कार राशिको रकम वार्षिक रूपमा वृद्धि गर्दै लगिने समेत बताउनु भएको छ । प्रत्येक वर्ष विद्यालयले सुदूरपश्चिमको मौलिक पर्व गौराका अवसरमा मावि स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरी उक्त प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिने छ । साथै सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्रसहित उक्त पुरस्कार राशिबाटै सम्मान समेत गरिने छ ।

विद्यालयमा ‘तुलसा-भीमलाल विनाडी स्मृति पुरस्कार’ स्थापना पछि खुसी व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक लोकराज विनाडीले यसले विद्यार्थीको लेखन क्षमता तथा सृजनशीलता अभिबुद्धिसँगै डोटेली संस्कृतिको स्तरवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । ‘यो पुरस्कारबाट वार्षिक गौरा पर्व विशेष निबन्ध प्रतियोगिता आयोजना गरिने छ,’ उहाँले भन्नुभयो, ‘यसरी आयोजना हुने प्रतियोगिताबाट निबन्ध लेखनमा त विद्यार्थीको कौशल अभिवृद्धि हुने छ नै, साथसाथै हाम्रो संस्कृति, डोटेली भाषा–साहित्य र गौराका गाथा पुस्तान्तरणमा समेत टेवा पुग्ने छ ।’

पछिल्लो समय गौराको मौलिकपन लोप हुने खतरामा पुगेको संस्कृतविद्हरूको चिन्ता छ । यस्ता कार्यले डोटेली भाषा, साहित्य, संस्कृति र सभ्यताको पहिचानलाई पुस्तान्तरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा