बझाङमा आमासहित दुई छोरामाथि चक्कु प्रहार
August 22, 1:53
बझाङ –बझाङको एक परिवारका सदस्यमाथि मध्यराति अज्ञात व्यक्तिद्वारा चक्कु प्रहार गरिएको छ ।
बझाङको सुर्मा गाउँपालिका–३ घर भई चैनपुरस्थित सुर्मा टोलमा बस्ने कलक विककी श्रीमती र दुई छोराहरुमाथि सुतिरहेको बेला अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका हुन् ।
चक्कु प्रहारबाट २७ वर्षीया सुनिता विक र उनका दुई छोरा ७ वर्षीय आदित्य र ४ वर्षीय आबेल घाइते भएका छन् । चक्कु प्रहार गर्ने व्यक्तिले सुनिताको साथमा रहेको मोबाइल समेत लुटेर लगेका छन् । सुनिताका श्रीमान कलक भने काठमाण्डौंमा रहेका छन् ।
घाइते भएका तिनै जनाकोे जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनाका बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
April 19, 5:03
August 25, 5:46
April 26, 6:43
August 26, 4:38
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा