मङ्गलसेनमा १५ घर पहिरोको जोखिममा

August 24, 2:46

अछाम,०७ भदौ। घर माथिबाट पहिरो खस्न थालेपछि मङ्गलसेन नगरपालिका–८ सुतुडमा १५ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् । मंगलसेन–जुपु–रामारोशन सडकको तलतिर रहेका घरपरिवार पहिरोको जोखिममा रहेको पाइएको हो ।

घरभन्दा माथिबाट पहिरो झर्न थालेपछि स्थानीय मीनबहादुर बोहरा, प्रेमबहादुर बोहरा र चेतमान बोहराका घरपरिवार भने आफन्तको घरमा सरिसकेको स्थानीय मीनबहादुर बोहराले जानकारी दिए। घरभन्दा माथिबाट पहिरो आएर घर पुरिने अन्य घरपरिवार त्रासमा रहेका छन् । उनीहरुले समयमै पहिरोबाट बचाउने उपायका लागि सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

सडकको माथिबाट पहिरो झर्न थालेकाले टोल नै जोखिममा रहेको वडा अध्यक्ष ज्ञानेन्द्रबहादुर बोहराको भनाइ छ । “सडकको तल्लो छेउमा जाली हालेपनि माथिल्लो छेउबाट पहिरो आउन थालेको छ, त्यसैले घर जोखिममा छन् ।” वडा अध्यक्ष बोहराले भने । पहिरोलाई नियन्त्रणका लागि उक्त सडक निर्माण गर्ने पूर्वाधार कार्यालय र सम्बन्धित ठेकेदारसँग कुरा भएको अध्यक्ष बोहराको भनाइ छ ।

दुई दिनदेखि पानी परिरहेकाले पहिरो थप खस्न सक्ने अनुमान स्थानीयको भनाइ छ । सडक निर्माणका क्रममा उक्त स्थानमा चट्टान भएकोले पहिरो नआउने अनुमान भए पनि हाल पहिरोको जोखिम रहेको बताइएको छ । वर्षाका कारण अछामका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । मुख्य सडकमा रुख ढलेर, साना पहिरोले अवरोध भइरहेको बताइएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा