बाजुरामा लेक लागेर थप एक तिर्थयात्रीको मृत्यु

August 30, 5:40

बाजुरा,१३ भदौ । बडीमालिका जात्रामा गएका थप एक तिर्थयात्रीको मृत्यु भएको छ । जात्रामा गएका बाजुराको त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढाको लेक लागेर मृत्यु भएको हो ।

अक्सिजन अभावका कारण बाटोमै अचेत भएका बुढाको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताएका छन । उनको दुर्गाभञ्जन गुल्म बाजुराद्वारा सञ्चालित स्वास्थ्य शिविरमा उपचार भइरहेको थियो ।

यसअघि तिर्थयात्रा जाने क्रममा लेक लागेर कालिकोटको पलाता गाउँपालिका–१ का धनप्रसाद न्यौपानेको मृत्यु भएको थियो । अक्सिजन अभावका कारण बिरामी भएका न्यौपानेको उद्धारपछि सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको थियो ।

बडीमालिका जात्राकै क्रममा अक्सिजन अभाव भएर कैलालीको अत्तरियाकी ६३ वर्षीया ईश्वरी बोहरा अचेत भएकी छिन । उनको सेनाको स्वास्थ्य शिविरमा उपचार भइरहेको जनाइएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा