डिभिजन वन कार्यालय धनगढीका प्रमुख कंडेलले सम्हाले जिम्मेबारी 

September 05, 5:23

धनगढी,१९ भदौ। डिभजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले जिम्मेबारी सम्हालेका छन् । डिभिजन वन कार्यालय डोटीबाट सुरुवा भई आएका कडेलले मंगलबारबाट डिभिजन वन कार्यालय धनगढीको प्रमुखको जिम्मेबारी सम्हालेका हुन्।

सोमबार र आज मंगलबार प्रमुख कडेललाई कैलालीका वन अधिकार सरोकारवाला, सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ, बाह्रवन साझेदारी वन उपभोक्ता समिति, भारताल साझेदारी वन उपभोक्ता समिति र गौरीगंगा साझेदारी वन उपभोक्ता समितिले संयुक्त रुपमा स्वागत गरेका हुन्। यसअघि पनी कडेलले डिभजन वन कार्यालय धनगढीको प्रमुखको जिम्मेबारी सम्हाली सकेका छन्।

भेटमा वनका अधिकारकर्मीले कैलाली सामुदायिक, साझेदारी वनमा अहिले काम ठप्प भएको भन्दै चलायमान बनाउनुपर्ने सुझाव दिएको सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघका केन्द्रीय महासचिव डण्डीराज सुबेदीले जानकारी दिए। स्वागत कार्यक्रम पछि प्रतिकृया दिदै डिभिजन वन प्रमुख कडेलले कैलालीमा रहेका सामुदायिक वनमा रहेका बिषयमा अध्यन भैरहेको र त्यसलाई कहा अड्केको छ त्यसलाई नीतिगत रुपमा फुकाउने काम गर्ने बताएका थिए।स्वागत कार्यक्रममा सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघका केन्द्रीय महासचिव डण्डीराज सुबेदी, बाह्रवन साझेदारी वन उपभोक्ता समितिका ठक्कर शाही, भारताल साझेदारी वन उपभोक्ता समितिका संयोजक यादव भण्डारी, गौरीगंगा साझेदारी वन उपभोक्ता समितिका अर्जुन सापकोटा र सामुदायिक वन उपभोक्ता महासंघ कैलालीका अध्यक्ष बिक्रम कुँवरको सहभागिता रहेको थियो।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा