डोटीको बडीकेदारमा अटो दुर्घटना,एकको मृत्यु 

September 11, 11:28

डोटी,२५भदौ । डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर १ रुमायल भिरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सहजपुर बोगटान दिपायल सडक खण्ड अन्तर्गत रुमायल भिरमा बिपीनगरबाट खड्यौली आउदै गरेको सुप्र ०१००१ ह ५४०६ नम्बरको अटो गए राति अन्दाजी ९ः३० मा दुर्घटना भएको प्रहरी चौकी खड्यौलीका इन्चार्ज भाष्करदत्त पन्तले जानकारी दिएका छन् ।

दुर्घटनामा परि बडीकेदार गाउँपालिका वडा नम्बर ३ की अन्दाजी ५८ वर्षीय कस्तुरी देवी जेठराको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो चालक बडीकेदार १ का उत्तम बोहरा सामान्य घाइते भई प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । रातिको समयमा घटना के कति कारणले भएको हो भन्ने खुल्न सकेको छैन । बडीकेदार गाउँपालिकाका जनप्रतिनिधि र प्रहरी टोली घटनास्थलमा पुगेका छन् । अटो सडक बाट करिब ५० मिटर तल खसेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा