सुदूरपश्चिमका १२ स्थानीय तहले विद्युत् महसुल तिरेका छैनन्

October 08, 9:33

धनगढी । नेपाल विद्युत् प्रधिकरणले सुदूरपश्चिमका १२ स्थानीय तहले विद्युत् महसुल नतिरेको जनाएको छ। सडक बत्तीका लागि विद्युत् उपभोग गरेका स्थानीय तहले महसुल भने नतिरेको प्राधिकरणले जनाएको हो ।

महसुल नतिर्नेमा धनगढी उपमहानगरपालिकासहित १० नगरपालिका  र एक गाउँपालिका रहेको छ । शहरी तथा बस्ती भएको क्षेत्रमा पालिकाहरुले सडक बत्ती जडान गर्दै आएका छन्। त्यसबापत उठ्ने विद्युत् महसुल पालिकाहरुले विद्युत् प्राधिकरणलाई भुक्तान गर्नुपर्ने हुन्छ। 

सडक बत्ति जडान गरेवापतको रकम सबैभन्दा बढी भुक्तान गर्न बाँकी धनगढी उपमहानगरको रहेको छ । धनगढी उपमहानगरले १० करोड ५७ लाख ३० हजार तीन सय ८६ रकम तिर्न बाँकी रहेको छ । यस्तै कैलालीकै टीकापुर नगरपालिकाले नौ करोड बढी रकम भुक्तान गर्न बाँकी रहेको छ ।

प्राधिकरणले आज ९आइतबार० सार्वजनिक सूचना प्रकाशित गर्दै अबको ४५ दिनभित्र सडक बत्ती बापतको बक्यौता रकम भुक्तानी गर्ने भनेको छ। ४५ दिनभित्र बक्यौता भुक्तानी नगरिए विद्युत् महसुल संकलन विनियमावली २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही हुने प्राधिकरणले जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा