नेपाल आयल निगमको धनगढी डिपो दुई दिन बन्द हुने

October 21, 9:46

धनगढीः नेपाल आयल निगमको धनगढी डिपो दुई दिन बन्द हुने भएको छ । निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी डिपो दसैँको सार्वजनिक बिदाका दिनहरूमा खुला रहने भए पनि यही बिचको अवधिमा भने दुई दिन बन्द गरिने भएको हो ।

आयाल निगमका अनुसार कात्तिक ४ गते अर्थात् फूलपातीका दिनदेखि कात्तिक ९ गतेसम्म (कोजाग्रत पूर्णिमा) का दिनसम्मै बिक्री केन्द्र खुला रहने छ ।

आयत निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख अनिल सुयलका अनुसार भोलि र पर्सी पेट्रोलियम पदार्थ लोड भएका ट्याङकर आयात गर्न भन्सार कार्यालयलाई पत्राचार गरिएको बताए। ‘आजभोलि पेट्रोलिय पदार्थको माग बढेर ट्याङकरहरु धेरै खाली भएका छन् ।’ उनले भने, ‘ती ट्याङकरहरु भारत पठाइएको छ । ४ / ५ गते भन्सार खोलीदिन पत्राचार गरेका छौँ, त्यस्तो भयो भने सहज हुन्छ ।’

७ र ९ गते आयल निगम धनगढी डिपो बन्द नै हुने गरी तालिका बनाएको उनले बताए । पछिल्लो समय पेट्रोलियम पदार्थको माग बढेकाले चाडपर्वको समयमा आपुर्ति व्यवस्थामा कुनै समस्या नहुने गरी आवश्यक प्रबन्ध गरिएको आयल निगमले जनाएको छ।

यद्यपी व्यवस्थापन अनुकूल आयल निगम प्रादेशिक कार्यालय धनगढी खुला राख्ने तालिका तयार गरिएको निगमले जनाएको छ। सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढी कात्तिक ५ र ८ गते खुल्ने छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा