कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रुको मृत्यु

October 21, 10:03

धनगढी /  कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।

जिल्लाको बर्दगोरिया गाउँपालिका–२ स्थित पूर्व पश्चिम राजमार्गमा बा ७८ प ३६४६ नम्बरको मोटरसाईकलले जोशीपुर गाउँपालिका–४ हस्नापुरका ३६ वर्षीय साईकल यात्री डाटाप्रसाद चौधरीलाई ठक्कर दिँदा चौधरीको शुक्रबार राति मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको बर्दगोरिया अस्पताल बौनिया हुँदै निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। मोटरसाइकल र चालक लम्कीचुहा नगरपालिका७ का चाकावारी बस्ने २७ वर्षीय सनम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा