पुनर्वासमा दुई दिने देउडा मेला शुरु

October 28, 10:34

धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा देउडा मेला शुरु भएको छ । 

हिन्दुहरुको महान पर्व विजया दशमीको अवसरमा सुदूरपश्चिमको संस्कृतिका रुपमा रहेको देउडाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले कालिका मन्दिर व्यवस्थापन समितिको आयोजनामा शुक्रबार रातिदेखि मेला शुरु भएको हो ।

मेलाको एक समारोहका बिच प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले समुदघाटन गरे । सो अवसरमा मन्त्री धामीले उपलब्धी नहुने क्षेत्रमा प्रदेश सरकारले बजेट कटौति गरेको बताए ।

‘प्रदेश सरकारले पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय क्षेत्रको विकासमा जोड दिएको छ’ मन्त्री धामीले भने –‘तर, पर्यटन क्षेत्रका नाममा विनियोजन भएका बजेटमा काम नभएका मन्दिर तथा पर्यटकीय क्षेत्रमा प्रदेश सरकारले खर्च गर्दैन् ।’

मन्त्री धामीले पछिल्लो समय प्रदेश सरकारप्रति चौतर्फी आक्रमण बढेको बताउँदै –‘प्रदेशप्रति बढ्दै गएको आक्रमणको संरक्षणमा सरकार लागेको छ । प्रदेशप्रति आम नागरिकको जनविश्वास बढाउने गरि काम अघि बढीरहेका छन् ।’

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदम देउवाको अध्यक्षतामा भएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टीएन जोशी, पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी राना लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

मेलाको समुदघाटन समारोहमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरी, वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐर, पुनर्वास नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तुलसी अर्यालसंगै पुनर्वास नगरपालिकामा जननिर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

शुक्रबार रातिदेखि शुरु भएको मेला आज (शनिबार) सम्म चल्ने छ । मेलामा देउडा प्रतियोगितासंगै स्थानिय परिकार, स्थानिय उत्पादन लगायतका स्टलहरु रहेका छन् । 

कला, संस्कृतिको संरक्षणसंगै स्थानिय उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्यसहित हरेक वर्ष मन्दिर व्यवस्थापन समितिले मेला आयोजना गर्दै आएको समितिका अध्यक्ष देउवाले बताए । समितिले आयोजना गर्दै आएको मेलामा पुनर्वास नगरपालिकासंगै धनगढी उपमहानगरपालिका लगायत विभिन्न स्थानका व्यक्तिहरु सहभागि हुने गरेको उनको भनाई छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा