डल्फिन क्षेत्रबाट अजिङ्गगरको उद्धार

उद्धार गरिएको अजिङ्गगर । तस्बिर सौजन्य : भोजराज ढुंगाना
उद्धार गरिएको अजिङ्गगर । तस्बिर सौजन्य : भोजराज ढुंगाना
October 29, 1:24

धनगढी । कैलालीको टीकापुर नगरपालिका –७ बैदी डल्फिन क्षेत्रस्थित खेतबाट घाइते अजिङ्गगरको आज उद्धार गरिएको छ । 

स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गाना, क्षेत्रराज रेग्मी, कुस्माकर न्यौपाने लगायतकाले अजिङ्गगरको उद्धार गरेका हुन् । घाइते अजिङ्गगर धान काटेको खेतमा फेला परेको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्षसमेत रहनूभएका संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिनुभयो । 

उहाँका अनुसार अजिङ्गगरको टाउकोमा चोट लागेको छ । उद्धार गरिएको अजिङ्गगर डेढ मिटर लामो र १० केजी तौलको रहेको जनाइएको छ । अजिङ्गगरको पशु प्राविधिक एवम् संरक्षणकर्मी प्राङकुश चौधरीले उपचार गर्नुभयो । 

उपचार पश्चात् अजिङ्गगरलाई सत्ती कर्णाली सामुदायिक वनमा छोडिएको ढुङ्गानाले बताउनुभयो । केही दिनअघि पनि सो नगरपालिकामा रहेको धान खेतमा घाइते अवस्थामा वयस्क अजिङ्गगर फेला परेको थियो । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा