सुदूरपश्चिम प्रदेशमा सभापति चयन नहुँदा समितिको काममा बाधा उत्पन्न

October 30, 10:52

धनगढी। सुदूरपश्चिम प्रदेशमा विभिन्न समितिको सभापति चयन नहुँदा समितिको कामकाजमा बाधा उत्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश सभामा विभिन्न समितिको सभापति चयन गर्न नसक्दा विषयगत छलफल तथा अन्य काम गर्न समस्या भएको हो । नेतृत्वकर्ता नै नभएका कारण ती समितिहरूले आवश्यकता अनुसार काम गर्न सकेका छैनन्।

प्रदेश सभामा चार वटा विषयगत समिति रहेका छन् तर दुई वटा थपेर छ समिति बनाउने गृहकार्य पनि भइरहेको छ। छ वटा विषयगत समिति बनाउने विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबिच सहमति जुट्न सकेको छैन। समितिका सभापति नहुँदा काम गर्न समस्या भइरहेको सत्तारूढ दल नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताए। समितिका सभापति चयन गर्न ढिलाई भइरहँदा र सभापति नहुँदा समितिहरूलाई नियमित काम गर्न तथा निर्देशन दिन समस्या भइरहेको उनको भनाई छ ।

प्रदेश सभा सदस्य बमका अनुसार केन्द्रीय सरकारमा सहभागी दलहरूबिच सुदूरपश्चिम प्रदेश सभामा दुई वटा विषयगत समिति थपेर छ पु¥याउने सहमति भएको छ । त्यो सहमति प्रदेशमा भने कार्यान्वयन हुन सकिरहेको छैन । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले समिति थप्ने विषयमा सहमति नजनाएको उनले बताए । त्यसै कारणले दोस्रो एवं बर्खे अधिवेशनमा समितिका सभापति चयन गर्न नसकिएको उनले बताए। विषयगत समितिका सभापति चयनको निर्वाचन गएको असोज १२ गते तय गरिएको थियो ।

समिति थप्ने विषयमा सहमति जुट्न नसक्दा निर्वाचन नै स्थगित गरिएको हो । त्यसपछि प्रदेश सभाको दोस्रो अधिवेशन पनि सभापति चयन नै नगरी अन्त्य गरियो । अब समिति थप गरेर सम्भवतः तेस्रो अधिवेशनमा विषयगत समितिले सभापति पाउने जनाइएको छ । “समितिका सभापति चयनका लागि मात्रै विशेष अधिवेशन बोलाउने कुरा पनि रहेन,” प्रदेश सभा सदस्य बमले भने, “सम्भवतः अब आगामी अधिवेशनमा मात्रै समितिका सभापतिको निर्वाचन हुनेछ ।” सभापति नहुँदा समितिका कामहरू सुस्त छन् ।

बैठक पनि नियमित बस्न सकिरहेको छैन । प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति र अर्थ विकास तथा प्राकृतिक स्रोत समिति रहेका छन् । समितिले अहिलेसम्म सभापति पाउन नसक्नु दुःखद रहेको नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीको भनाई छ । समितिले पूर्णता पाउन नसक्नुको कारण के हो, किन रोकियो निर्वाचन, यसको कारक तत्व कोबारेमा जानकारी समेतट नभएको उनले बताएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा