रविको समर्थनमा वोल्दा अछामका रिदमलाई प्रहरीले पक्राउ गरी काठमाण्डौं लग्यो
अछाम, २ भदौ - पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । लामिछाने पक्राउको विषयमा काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध फेसबुकमा स्टयाटस आल्ने अछामका रिदम विसी भनिने शंकर विक हुन्लाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई अछाम सदरमुकाम मंगलसेनबाट पक्राउ गरिएको हो। त्यहाँबाट उनलाई काठमाडौं ल्याइएको छ। अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीका अनुसार विसीलाई शनिबार पक्राउ गरिएको हो । उनले ‘रवि लामिछानेलाई दाइलाई फसाउने यो नै हो भ्रष्ट...... भन्दै फेसबुकमा स्टाटस लेखेका थिए। जसलाई ५ सय भन्दा धेरैले सेयर गरे थिए।
पुडासैनी आत्महत्या प्रकरणपछि काठमाडौं प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले रविसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो । तीनैजना चितवन प्रहरीको हिरासतमा छन्।