अछाममा जिप दुर्घटना, तीन जनाको मृत्यु

Accind
Accind
August 22, 7:47

अछाम, भदौ ५ - अछामको बान्नीगढि जयगढ गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मुजाबगरबाट जयगढ जाँदै गरेको से १ ज ९९५ नम्बरको जिप जयगढ माझे ठाना सडक खण्ड अन्तर्गत सुकिबाग डिल्लीबजार नजिक बुधवार साँझ सडक बाट करिब ५ सय मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा परि अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ का अशोक परियार, वडा नम्बर ४ कै काले परियार र बैतडी घर भई अछाममा सवारी चालकको काम गर्दै आएका लाल बोहराको मृत्यु भएको छ ।
अशोक परियारको घटनास्थलमै मृत्यु भएको थियो भने काले परियार र लाल बोहराको उपचारका क्रममा बयलपाटा अस्पतालमा ज्यान गएको हो । 
अन्य घाइते हुनेमा बान्नीगढि जयगढ गाउँपालिका वडा नम्बर ४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका सवारी चालक जँङिर चौधरी र कैलाली धनगढी उपमहानगरपालिकाका घनश्याम चौधरी रहेका छन् । घाइतेहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा