तिज गितले समाज रुपान्तरण गरोस : उप–प्रमुख भट्ट

Sushila
Sushila
August 30, 4:49

धनगढी, भदौ १३ - तिज गितले समाज रुपान्तरणका लागि सन्देश दिनुपर्ने धनगढी उप–महानगरपालीकाका उप–प्रमुख सुशीला मिश्र भट्टले बताएकी छन् ।
शुक्रवार कैलाली उद्योग बाणिज्य संघले आयोजना गरेको तीजको शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै उप–प्रमुख भट्टले अहिले समय परिवर्तन भैसकेको बताईन । दुःख, पिडा बेदनाकाका कुरा मात्रै होईन सकारात्मक सोचको संचार तिजले गर्नुपर्छ उप–प्रमुख भट्टले भनिन्, यस्तै सन्देश प्रवाह गर्नका लागि धनगढीका सबै वडामा तिज कार्यक्रमहरु आयोजना गरिएका छन् । उप–प्रमुख भट्टले तिजलाई महिलाको मात्रै पर्वको रुपमा नअर्थाउन अनुरोध गरिन । उनले भनिन्‘तिजले शसक्तिकरणको सन्देश दिन सक्नुपर्छ । अहिले पनि हरेक निहुँमा महिला माथी हिंसा भैरहेको बताउदै उप–प्रमुख भट्टले भनिन् , यो हिंसा सहेर बस्ने समय होईन ।
धनगढी उप–महानगरपालिका उद्योग बाणिज्य संघ कैलाली संग सहकार्य गरेर काम गरिरहेको पनि उप–प्रमुख भट्टले बताईन । उनले महिलालाई उद्यमशिलता तिर आकर्षण बढाउनका लागि आफुहरु सहयोग गर्न तयार रहेको बताईन । उद्योग बाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले तीजलाई भब्य र सभ्य रुपमा मनाउन आग्रह गरे ।
यसैक्रममा कैलाली उद्योग बाणिज्य संघले महिलाहरुका लागि दरको ब्यबस्था पनि गरेको थियो । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा