म्यानमारको मानव अधिकार सङ्कटका विषयमा एचडब्ल्यूपीएलद्वारा चिन्ता व्यक्त

Hwpl
Hwpl
March 27, 10:56

धनगढी, २०७७ चैत्र १४ - संयुक्त राष्ट्रसङ्घीय इकोसकसँग सम्बद्ध विश्व शान्तिको क्षेत्रमा काम गर्दै आएको एचडब्ल्यूपीएल नामको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले म्यानमारको मानव अधिकारको सङ्कटका विषयमा चिन्ता व्यक्त गरेको छ । एक विज्ञप्ति जारी गर्दै एचडब्ल्यूपीएलले भनेको छ, ‘शान्तिपूर्ण विरोधलाई दबाउन म्यानमार सेनाको वर्तमान प्रयासले सयौँ मृतक र घाइते भएका छन् । कुनै पनि स्वार्थको द्वन्द्वले नागरिकमाथि हुने हिंसालाई जायज ठहराउन सक्दैन, र कुनै पनि समूहको कुनै स्वार्थ मानवमा जीवन भन्दा माथि हुन सक्दैन ।’ त्यसैले अन्तर्राष्ट्रिय समुदायलाई उक्त मुलुकमा विद्यमान द्वन्द्वको समाधानका लागि शान्तिपूर्ण अवधारणालाई समर्थन गर्ने प्रयासमा सामेल हुन एचडब्ल्यूपीएलले आह्वान गरेको छ। 

जन विरोध बाट उत्पन्न मानव अधिकारको सङ्कटको बारेमा गहिरो चिन्तन व्यक्त गर्दै विज्ञप्तिमा अगाडी भनिएको छ, ‘एचडब्ल्यूपीएलको अभिव्यक्तिमा यस संस्थाले घोषणा गर्‍यो कि विश्वका विश्वव्यापी कलाकारहरूले एक आवाजका साथ सेना र नागरिक समाजका कार्यकर्ताहरू बिच वार्ताको माध्यमबाट द्वन्द्व समाधानका लागि आफ्नो समर्थन प्रदर्शन गर्न प्रोत्साहित छन् ।’

यसले म्यानमारका सबै पक्षहरूलाई आपसी सम्मान र समझदारीमा सहमतिबाट सङ्कट समाधान गर्न र शान्तिपूर्ण समाधान खोज्न र वार्तामा लाग्न पनि विज्ञप्तिमार्फत आह्वान गरिएको छ । 

म्यानमारको मोन न्युज एजेन्सीका अध्यक्ष कसौह मोनले एचडब्ल्यूपीएलको विज्ञप्ति पछि भनेका छन्, ‘प्रदर्शनबाट हुने मृत्युको सङ्ख्या २०० भन्दा बढी पुग्यो र सेनाले २,००० भन्दा बढी मानिसलाई पक्राउ गरेको छ । हामी, म्यानमारका जनता कोरियाली जनतासँग र एक शान्ति समर्थकका रूपमा एचडब्ल्यूपीएलले हाम्रो प्रजातन्त्र र शान्ति आन्दोलनलाई समर्थन गरेकोमा हर्षित छौँ । शान्तिपूर्ण प्रदर्शनकारीहरूप्रति उनीहरूको क्रूरता रोक्नको लागि हाल हामी सैन्य शासनको विरुद्ध अन्तर्राष्ट्रिय दबाबको माग गरिरहेका छौँ ।’ 

विगत ५ वर्षदेखि एचडब्ल्यूपीएलको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय नागरिक समाजले शान्ति निर्माणको लागि गरेको  समर्थनले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा सहायता र पहल देखाएको छ । यस संस्थाले १ सय ७६ देशका नागरिकहरूले लेखेका ७ लाख ३० हजार भन्दा बढी पत्रहरू प्रत्येक देशको शान्ति विकासको लागि आह्वान गर्न सङ्कलन गरेका छन् । जसले सरकार र सामाजिक अगुवाहरूलाई उहाँहरूको समर्थन र संलग्नता व्यक्त गर्न नेतृत्व गरेको छ ।

एचडब्ल्यूपीएलको विज्ञप्ति

HWPL

 

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा