यसरी मनाईयो धनगढीमा बिश्व दृष्टी दिवस 

Eye Day
Eye Day
October 10, 4:23

धनगढी,असोज २३ - कैलाली जिल्लाको धनगढीमा बिश्व दृष्टी दिवस २०१९ भब्य समारोहका बिच मनाईएको  छ ।
नेपाल नेत्रज्वती संघ जिल्ला शाखा कैलालीको आयोजनामा मनाईएको बिश्व दृष्टी दिवस २०१९ को सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेको थिए ।
कार्यक्रमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खानपान र जिवनशैलीका कारण पनि आँखाको ज्वती गुम्ने किसिमका रोगको संक्रमण बढेको बताए । आँखा सम्वेदनशिल अंग हो मुख्यमन्त्री भट्टले भने, यसको सुरक्षाका लागि सरसफाई र खानपानमा ख्याल राख्नुपर्छ । कैलालीमा रहेको गेटा आँखा अस्पतालले नेपालका मात्रै नभएर भरतीय आँखाका बिरामीहरुलाई समेत सेवा दिईरहेको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आफु धनगढीलाई मोतिया बिन्दु रहित नगर बनाउनका लागि लागिपरेको बताए । धनगढी नेत्रालय संग समन्वय तथा साझेदारी गरेर ९ वटा आँखा शिविर संचालन गरिसकेका छौ नगरप्रमुख वडले भने, जसमा ८ हजार ५ सय ५५ जनाको आँखा परिक्षण गरिनुको साथै २ हजार ६ सय ८१ जनालाई निशुल्क चस्मा वितरण गरिएको छ भने १ हजार १४ जनाको आँखाको निशुल्क सल्यक्रिया समेत गरिएको छ ।
नवजिवन सहकारीका अध्यक्ष तथा चक्रबहादुर सिंह नेपाल नेत्रज्वती संघका कार्यबाहक अध्यक्ष यज्ञ चौधरी लगायतले आँखाको महत्वका बिषयमा धारणा राखेका थिए ।     
 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा