राजनीति
August 07, 1:21
काठमाडौँ: सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको छ।
कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा उक्त प्रतिवेदन शुक्रबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष… विस्तृतमा
August 06, 1:23
कञ्चनपुर, २२ साउन । नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीको बिस्तारित बैठक बिहिबार पार्टी केन्द्रीय पोलीटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण बहादुर थापाको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय महेन्द्रनगरमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । बैठकमा केन्द्रीय कमिटी सदस्यद्धय प्रदेश कमिटी सचिव राजेन्द्र सिंह रावल र जिल्ला इन्चार्ज निरु पाल, प्रतिनिधि परिषदका सदस्यहरु, प्रदेश कमिटी… विस्तृतमा
August 04, 9:11
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कम्युनिस्टहरुले सत्ताबाट बाहिरिसकेपछि लालपूर्जा बाँड्ने भ्रम फैलाइरहेको बताएका छन्। कञ्चनपुरको झलारीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता साउदले कम्युनिस्टहरुले बिक्री मूल्यभन्दा पनि महँगोमा जग्गा वितरण गर्ने र पार्टीलाई पोस्ने योजना बनाएको दाबी गरे।
उनले भने, ‘कम्युनिस्टहरुले सत्तामा हुँदा साढे तीन वर्षसम्म केही पनि गरेनन्। तर, सत्तामा… विस्तृतमा
August 03, 3:29
काठमाडौं, १९ साउन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठन गर्न माग गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकको शुरुमै एमाले सांसदहरुले उठेर विरोध गरे ।
त्यसपछि सभामुखले समय दिएपछि एमालेको तर्फबाट धारणा राख्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठनको माग गरे ।
साथै उनले दार्चुला घटनाबारे अविलम्ब भारतसँग औपचारिक विरोध जनाउन र दोषी… विस्तृतमा
August 03, 11:10
काठमाडौं, १९ साउन/प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङका अनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन ।
विघटित कार्यदलका सदस्यहरुको नियमित अनौपचारिक संवाद र हलका कारण दुई नेता भेटवार्ताका लागि तयार देखिएका छन्। आज साँझसम्म अध्यक्ष… विस्तृतमा
August 03, 11:06
कैलाली । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमा अर्को पेसी तोकेको छ । सोमबार सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा रहेको उक्त मुद्धाको पालो नआएपछि अर्को पेसी २४ गतेका लागि तोकिएको हो ।
जेठ २७ गते कमलसिंह राना, सुरेश रोकाया र अधिवक्ता अपेक्षा निरौलाले संविधानको धारा १६८ को उपधारा ९ विपरीत प्रदेश सरकारले सरकार पुनर्गठन गरेको भन्दै रिट निवेदन दिएका थिए ।… विस्तृतमा
August 03, 11:02
काठमाडौं, १९ साउन/नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन कार्यतालिका छोटो अवधिमै सकेर पूर्वनिर्धारित कार्यतालिकामै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने भएको छ ।
वडा, गाउँपालिका र नगरपालिका, प्रदेश, सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशस्तरको अधिवेशनको अन्तर एकरदुई दिन मात्रै राखेर भए पनि समयमै अधिवेशन गरिने काँग्रेसले जनाएको छ । काँग्रेसले भदौ १६ गते १४औँ केन्द्रीय महाधिवेशन शुभारम्भ गर्ने तय गरेको छ… विस्तृतमा
August 02, 7:08
धनगढीः लुम्बिनी प्रदेशसभा सदस्य बिमला ओली पुनः एमाले प्रवेश गरेकी छिन्। एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक भुमेश्वर ढकालका अनुसार उनी आत्मालोचना गर्दै पुनः एमाले प्रवेश गरेकी हुन्।
प्रदेशसभाको उपनिर्वाचनमा नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य ओलीले गत वैशाख १९ मा माओवादी केन्द्र रोजेकी थिईन्। केही दिन यता बेपत्ता रहेकी ओली पुनः पुरानै आफ्नै घरमा फर्किएको ढकालले जानकारी दिए।
गत शुक्रबारदेखि… विस्तृतमा
August 01, 5:17
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा एमालेका सांसदहरुले मन्त्री बन्न तयार रहेको बताउँदा प्रधानमन्त्री देउवाले ‘हुँदैन’ भन्दै फर्काएका छन्। बालुवाटारमा मन्त्री बन्न भनेर गएका उनीहरुलाई प्रधानमन्त्री देउवाले वरिष्ठ नेता माधव नेपालको स्वीकृतिबिना मन्त्री नबनाउने भनेर फर्काएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार बसेको स्थायी कमिटी… विस्तृतमा
August 01, 10:32
काठमाडौं, साउन १७ । आफू पक्षीय सांसदको पद जोगाउन महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष तत्काल नयाँ पार्टी घोषणाका लागि नहतारिने भएको छ। तर भित्रभित्रै नयाँ पार्टीकै अभ्यास भने अघि बढाउने सो पक्षको तयारी छ। ठाकुर र महतोले यसै साता आफूनिकट कानुन व्यवसायीसँग सरसल्लाह गरेका थिए।
स्रोतका अनुसार नयाँ पार्टी घोषणा गरे कानुनी रूपमा जनता समाजवादी पार्टी (जसपा) मा सदस्यता नै नरहने र सांसद पद पनि स्वतः गुम्ने… विस्तृतमा
July 31, 10:39
काठमाडौं । मन्त्रिपरिषद विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको संस्थापन इत्तर पक्षसँग मन्त्रीको नाम मागेका छन् । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासँग मन्त्रीको नाम मागेका हुन् ।
असार २९ गते सरकारको नेतृत्व सम्हालेका देउवाले सोही दिन आफू निकट बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्र बहादुर खड्कालाई… विस्तृतमा
July 30, 7:30
धनगढीः नेकपा माओवादी केन्द्रका नेताहरुले लेखराज भट्ट र गौरीशंकर चौधरीबाट लज्जासपद गतिविधि भइरहेको बताएका छन्। सुदूरपश्चिम प्रदेशका केही नेताहरुले लेखराज र गौरीशंकर अब माओवादी नरहेको बताउँदै आएका हुन्। लेखराज र गौरीशंकर माओवादीमै छन् त भन्ने प्रश्नमा सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा माओवादी केन्द्रका नेता अक्कल रावलले भने, ‘उहाँहरु माओवादीमा हुनुहुन्न। उहाँहरु नेकपा एमालेको केन्द्रीय समितिमा… विस्तृतमा
July 29, 2:36
सत्तारुढ नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिनमा भएको ढिलाइका कारण गाउँ÷नगर वडा अधिवेशन स्थगित भएपछि आशन्न महाधिवेशन अन्यौलमा परेको छ।
योसँगै आगामी भदौ १९ सम्म महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यतामा रहेको कांग्रेसले वैधानिकता कायम राख्न सक्छ कि सक्दैन भन्ने चासो बढ्दै गएको छ। महाधिवेशनबारे नेतृत्वले ठोस निर्णय गर्न नसक्दा केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने नेताहरुमै असन्तुष्टि… विस्तृतमा
July 29, 1:00
१४ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो मन्त्रिपरिषद्को संख्या संविधान अनुुकुल नै भएको दाबी गर्दै सर्वोच्च अदालतलाई जवाफ पठाएका छन् ।
मन्त्रिपरिषदको संख्यालाई लिएर सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ पठाउँदै मुख्यमन्त्री भट्टले आफ्नो मन्त्रिपरिषदको संख्या संविधानले तोके अनुसार प्रदेशसभा सदस्य संख्याको २० प्रतिशत भन्दा बढी नरहेको दावी गरका हुन् ।
‘सुदूरपश्चिम… विस्तृतमा
July 28, 2:08
धनगढी । मंगलबारका लागि निर्धारण गरिएको नेपाली कांग्रेसको वडा अधिवेशन ९ साउनमा स्थगित गरिएपछि अन्य तहका अधिवेशन र केन्द्रीय महाधिवेशनबारे समेत अन्यौल बढेको छ ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार अन्य तहका अधिवेशन पनि हुन्छन् वा पछाडि सर्छन् भन्ने कुराको टुङ्गो नलागे पनि देशभरका कांग्रेस नेता कार्यकर्तालाई महाधिवेशनको चटारोले छोएको छ ।
विभिन्न तहमा पदका आकांक्षीहरु आफ्नो पक्षमा माहोल सिर्जना गर्न… विस्तृतमा