नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीको बिस्तारित बैठक सम्पन्न

news
news
August 06, 1:23

कञ्चनपुर, २२ साउन । नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीको बिस्तारित बैठक बिहिबार पार्टी केन्द्रीय पोलीटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण बहादुर थापाको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय महेन्द्रनगरमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । बैठकमा केन्द्रीय कमिटी सदस्यद्धय प्रदेश कमिटी सचिव राजेन्द्र सिंह रावल र जिल्ला इन्चार्ज निरु पाल, प्रतिनिधि परिषदका सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । पदाधिकारी बैठकले गरेका निर्णय अनुमोदन गर्दै यही साउन २७ गतेसम्म पालिका स्तरीय कमिटीका बैठकहरु सम्पन्न गर्ने गरी वडास्तरका बैठक भेला समेत गर्ने निर्णय गरि, पार्टी सदस्यता नवीकरण तथा अध्यावधिक र पार्टी विधानको व्यवस्था बमोजिम नयाँ सदस्यता प्रदान गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय गरेको छ । जिल्ला कमिटीको काम व्यवस्थित रुपमा अगाडि बढाउन सचिवालयको संख्या थप गर्ने, विभाग र फाँटहरुको जिम्मेवारी तोक्ने सहितको महत्वपूर्ण सांगठनिक काम बारे पनि निर्णय भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को रोकथामका लागि आवश्यक उपायहरु अवलम्बन गर्न गराउन सम्पुर्ण नागरिकहरुमा अपिल गर्ने, विश्वव्यापी महामारीका रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनु हुने पार्टीका नेता कार्यकर्ता, सुभचिन्तक तथा नागरिकहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्ने, विश्वव्यापी महामारीका रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको (कोभिड–१९)को संक्रमणबाट नागरिकहरुलाई बचाउनका लागि सबैलाई अनिर्वाय खोपको व्यवस्थापन गर्न नेपाल सरकार संग माग गर्ने निर्णय भएको छ ।यस्तै यहि श्रावण १५ गते दार्चुला जिल्लाबाट भारत तर्फ तुईन चढेर जादै गर्दा भारतीय सीमा सुरक्षा बलद्धारा तुईन काटेपछि जय सिंह धामी महाकाली नदिमा बेपत्ता भएको घटना प्रति दुःख व्यक्त गर्दै सो घटनामा संलग्न भारतीय सुरक्षाकर्मीलाई आवश्यक कार्वाहीका लागि भारतीय पक्षसंग आवश्यक पहलका साथै निज धामीको परिवारलाई राहत तथा क्षतिपुर्ति उपलब्ध गराउन नेपाल सरकार संग जोडदार माग गर्ने, भीमदत्त नगरपालिकाले विद्यमान ऐन कानुनको अधिनमा रही गरेको शिक्षक दरबन्दी मिलान पश्चात नेपाली कांग्रेशको भातृ संगठन नेपाल शिक्षक संघको नामबाट भइरहेको बिरोध प्रति नेकपा (एमाले) को गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । माध्यमिक तहसम्मका विद्यालयहरु स्थानीय तह मातहत आएपछि बर्तमान ऐन कानुन अनुसार लामो छलफल र गृहकार्य पछि गरिएको दरबन्दी मिलान कार्य भीमदत्त नगरपालिका भित्रको शिक्षा क्षेत्रका लागि महत्वपूर्ण र ऐतिहासिक कार्य भएको ठहर गर्दै यसलाई राजनीतीकरण नगरी कहिँकतै समस्या देखिए थप छलफलबाटै समाधान निकाल्न र कार्यान्वयनमा सहयोग गर्न सम्बन्धित पक्षसँग आग्रह गर्ने निर्णय गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा