धनगढीमा ३ गते देखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता,तयारी पुरा

news
news
December 16, 6:04

धनगढी,१ पुष पुस ३ गतेदेखि धनगढीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह–आयोजनामा धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिता तयारी पूरा भएको हो।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो। प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मीका अनुसार मूल आयोजक समितिसंगै विभिन्न समिति गठन गरेर प्रतियोगिताको तयारी गरिएको छ।

प्रतियोगितमा सुदूरपश्चिमसहित ८ टिमको सहभागिता रहने छ। सुदूरपश्चिमसहित नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश र प्रदेश न। २ पनि एउटा समूहमा रहेका छन्। समूह ‘ए’ मा प्रदेश १, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेश रहेका छन्। उद्धघाटन खेल प्रदेश नम्बर १ र कर्णाली प्रदेशबीच हुने छ। प्रतियोगिताको विजेता टिमले ५ लाख र उप–विजेताले ३ लाख पुरस्कार पाउने छन्।

यस्तै सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ। रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीका अन्य सदस्यहरूमा विन्दु रावल, डली भट्ट, कविता जोशी, दीपा जोरा, विमला भट्ट, कविता कुँवर, रुवी पोदार, लक्ष्मी साउद, ईश्वरी विष्ट, शोभा रोकाया, दिव्या कार्की, संगीता मौनी र सम्झना खड्का रहेका छन्।

यस्तै रेवती धामी, मनीषा चौधरी, भावना जोशी र सपना तामाङ वैकल्पिक खेलाडीका रूपमा छनौट भएका छन्। हालै सम्पन्न प्रादेशिक छनौट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई टिममा समावेश गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा