राजनीति
August 21, 10:17
धनगढी –
नेकपा एमाले विभाजन भएसँगै सुदूरपश्चिम सरकार फेरबदलको कसरत पनि सुरु भएको छ । वर्तमान गठबन्धनलाई तोडेर मुख्यमन्त्री त्रिलोचन भट्टलाई पदच्युत गराउने पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको अभ्यास पटक–पटक विफल भएको थियो । तर अब भने माधव कुमार नेपालले नयाँ दल दर्ता प्रक्रिया अघि बढाएसँगै एमालेसँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बन्ने लगभग निश्चित जस्तै भएको छ ।
एमालेको अन्तर कलहले माधव समूहको… विस्तृतमा
August 20, 10:13
धनगढी -
नेकपा (एमाले) को विवाद मिलाउन गत २ जेठमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षका नेताहरू सम्मिलित कार्यदल बन्यो । कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल थिए भने नेपालका तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए ।
कार्यदलले एमालेभित्रको विवाद… विस्तृतमा
August 19, 11:43
धनगढी –
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ दल दर्ता प्रक्रिया अघि बढाएसँगै सुदूरपश्चिममा सरकार फेरबदलको कसर फेरी अघि बढेको छ । यस अघि माधव नेपाल समूहको बहुमतका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम सरकार फेर्न पटक पटक असफल भएका थिए । तर माधव नेपालले नयाँ दल दर्ता गरे पछि अब उक्त दल अल्पमत वा अहिलेकै गठबन्धन जोगाउन सक्ने अवस्थामा रहने छैन ।
नेपालले अघि बढाएको… विस्तृतमा
August 18, 10:15
संघीयतामा प्रवेश गरेपछि पहिलो पटक महिलाले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । बुधबार एमाले नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएसँगै पहिलो महिला मुख्यमन्त्री बनेर इतिहास रचेकी हुन् ।
२०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनपछि संघीयता अन्तर्गत प्रदेश सरकारहरु गठन भए । तर सातै प्रदेशमा मुख्यमन्त्रीका रुपमा पुरुष नै चुनिए । यसबीचमा गण्डकी प्रदेश र लुम्बिनी… विस्तृतमा
August 18, 10:04
धनगढी -
नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्केपछि सुदूरपश्चिममा बलियो बनेका माधव नेपाल नयाँ दल दर्ता पछि फेरी अल्पमतमा देखिएका छन् । नेकपा एमाले समाजवादी गठन पछि सुदूरपश्चिमबाट उक्त दलको केन्द्रीय सदस्यमा ७ जनाको नाम समावेश छ । जसमा प्रदेश तर्फका २ जना सांसद मात्रै समावेश छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी र पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया… विस्तृतमा
August 18, 4:15
काठमाडौँ — नेकपा एमाले विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ ।पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चाैधरीले जानकारी दिए । 'निर्वाचन आयाेगले दर्ता गरेको छ । अब प्रक्रिया अगाडि बढेको छ,' उनले भने ।
August 18, 1:49
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेकी छिन् । मङ्गलवार सरकारले दल विभाजन सहज हुने गरी अध्यादेश राष्ट्रपति कहाँ पठाएको थियो । आज राष्ट्रपतिले अध्यादेशलाई स्वीकृत गरेकी हुन् । नेकपा एमालेभित्र विवाद बढ्दै जाँदा शेरबहादुर देउवा सरकारले एमाले विभाजन सहज हुने गरी अध्यादेश ल्याएको हो । अध्यादेशमा अब संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल… विस्तृतमा
August 17, 9:27
धनगढी – गठबन्धन सरकारले नेकपा एमाले फुटाउन अध्यादेश ल्याएको भन्दै कैलालीको अत्तरियामा प्रदर्शन भएको छ । एमाले गोदावरी नगर कमिटीको आयोजनामा केही बेर अघि अत्तरिया चोकमा मशाल जुलुस निकालिएको हो ।
प्रदर्शनमा सहभागीहरूले सरकार विरुद्ध चर्को नाराबाजी समेत गरेका छन् । एमालेको ओली समूहले अध्यादेशको विरोध गरेको हो ।
सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्याएर राजनीतिक दल… विस्तृतमा
August 15, 10:06
धनगढी, साउन ३१ -
नेपाली काँग्रेसको १४औँ महाधिवेशन छैटौँ पटक सरेको छ । पछिल्लो पटक सारिएको मिति अनुसार अब महाधिवेशन मङ्सिर ९ देखि १२ सम्म गर्ने निर्णय भएको छ । क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउनका लागि भदौ २ सम्मको मिति तोकिएको छ ।
पार्टीको विधानतः प्रत्येक चार वर्षमा हुनुपर्ने महाधिवेशन झन्डै ६ वर्षयता हुन सकेको छैन । २०७२ फागुन २० गतेदेखि २३ गतेसम्म १३ औँ महाधिवेशन भएको थियो । २०७६… विस्तृतमा
August 15, 2:19
काठमाण्डौ, ३१ साउन । सत्तारुढ नेपाली कांग्रेसका नयाँ क्रियाशील सदस्यहरुले १४ औं महाधिवेशनमा आफैँले आफैँलाई मतदान गर्न नपाउने भएका छन्।
कांग्रेसका नयाँ क्रियाशील सदस्यहरुले गाउँ(नगर कार्यसमितिको सभापतिबाहेक पदमा उम्मेदवारी दिए पनि निर्वाचनमा आफैँले आफैँलाई मतदान गर्न नपाउने भएका हुन्।
प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले… विस्तृतमा
August 14, 11:47
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई उनकै गृह प्रदेशबाट साथ नमिल्ने अवस्था देखिएको छ। प्रदेश २ बाट सभापति शेरबहादुर देउवा पक्षको भेलामा आएका ८ मध्ये ५ जिल्ला सभापतिहरूले निधिलाई साथ नदिने संकेत गरेका छन्।
निधिले १४ औँ महाधिवेशनमा सभापतिमा उठ्न लविङ गरिरहेका बेला उनकै गृह प्रदेशका सभापतिहरूको साथ मिल्न कठिन देखिएको हो।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलालाई ‘काउन्टर’ दिन… विस्तृतमा
August 12, 5:08
काठमाडौं- नेपाली कांग्रेसको संस्थापन समूह इतर जिल्ला सभापतिहरुको भेला सकिए लगत्तै पार्टी सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरुको भेला भएको छ । महाधिवेशनलाई सुनिश्चित गराउन भन्दै संस्थापन पक्ष निकट जिल्ला सभापतिहरु बिहीबार बिहानदेखि छलफलमा जुटेका हुन् ।
बैठकमा सहभागी भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले सभापति भेलाका नाममा महाधिवेशन र पार्टी नेतृत्वका बारेमा भ्रम फैलाउने काम भएको भन्दै… विस्तृतमा
August 10, 5:18
काठमाडौं, २६ साउन । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीबाट गएका नेतालाई मन्त्री दिन आग्रह गर्नुभएको छ ।
ओलीले ‘प्रधानमन्त्रीज्यू, मेरै पार्टीका नेता पाउँला र खाउँला भनेर आएका छन् । मन्त्री दिनुस् न !,’ ओलीको भनाइ थियो, ‘फ्याँ फ्याँ गरेका छन् । चाकडीमा हाजिर भएका छन् । मेरो दलमा घाटा भए पनि सहुँला मन्त्री… विस्तृतमा
August 09, 4:43
नेकपा एमालेले पार्टी संरचना फेर्ने भएको छ ।
तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।
प्रस्तावअनुसार अब २२५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । जसमा ७७ जिल्लाबाटै प्रतिनिधित्व हुनेछ । साथै थप ३३ प्रतिशत महिलाको पनि सहभागिता सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।
एक स्थायी कमिटी सदस्यका अनुसार केन्द्रीय कमिटीमा १५ सदस्यीय… विस्तृतमा
August 08, 1:09
काठमाण्डौ २४ साउन/सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलले बुझाएको सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न नेताहरु छलफलमा जुटेका हुन्।
प्रधामन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी ९जसपा०का… विस्तृतमा