राजनीति
September 02, 3:08
धनगढी, १७ भदौ/ सुदूरपश्चिम प्रदेश सभाका एमालेका पूर्व प्रमुख सचेतक तारा लामा तामाङ र आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराज एमालेमै रहने भएका छन् । मंगलवार एकीकृत समाजवादीको पक्षमा तामाङ र गहतराजले पनि सनाखत गर्ने चर्चा थियो ।
राज्यमन्त्री गहतराजले आफु नेकपा एमालेमै रहने बताएकी छिन् । विगतदेखि नै माधवकुमार नेपालको पक्षमा रहेकी गहतराजले समाजवादीको पक्षमा सनाखत नगर्ने बताएकी हुन् ।… विस्तृतमा
September 01, 3:46
धनगढी -
नेकपा एमाले विभाजन पछि माधव कुमार नेपाल नेतृत्वमा दर्ता भएको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्ने जनप्रतिनिधिको सङ्ख्या बढ्दै गएको छ । बुधवार(आज) कैलालीको मोहन्याल गाउँपालिकाका कार्यवाहक अध्यक्ष पूजा देवी बुढामगरले पनि एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी छन् । उनीसहित मोहन्यालकै कार्यपालिका सदस्य विशाल पहराइ, वडा सदस्य चन्द्रकला कामी गरी तीन जनाले माधव नेतृत्वको नवगठित दल… विस्तृतमा
September 01, 1:24
डोटी, १६ भदौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन भदौ १८ गते गर्ने निश्चित भएपछि जिल्लामा कांग्रेस कार्यकर्ताको चहलपहल निकै बढेको छ।
लामो समयदेखि जिल्ला बाहिर रहेका कांग्रेसका केन्द्रीयस्तरका नेता अहिले जिल्ला आइपुगेपछि यहाँ चहलपहल बढेको हो। केन्द्रीयस्तरका नेताले आफ्ना कार्यकर्तासँगको भेटघाट र छलफल बाक्लिन थालेको छ। पार्टीको महाधिवेशनको मिति पटकपटक सर्ने गरेकामा धेरैलाई… विस्तृतमा
September 01, 1:19
धनगढी, १६ भदौ । पछिल्लो राजनीतिक ध्रुवीकरणले सुदूरपश्चिम सरकार परिवर्तन निश्चित भएको छ । अब नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र नेतृत्वको सरकार यथावत रहँदैन । पछिल्लो राजनीतिक घट्नाक्रम र केन्द्रमा भएको सत्ता साझेदारीका कारण सरकार यथावत नरहने अवस्था सृजना भएको हो ।
यसअघि, तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षीय प्रदेश सभा सदस्यहरुको साथका कारण प्रदेश सरकार सुरक्षित रहेको थियो ।… विस्तृतमा
September 01, 9:56
धनगढी – १६ भदौ – बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिने भएका छन् । आफूले मन्त्री पदबाट राजीनामा दिन लागेको खनालले बताए ।
अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार गठन भएकै दिन खनाल मन्त्री बनेका थिए । खनालले एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
अन्तर संघर्ष चलिरहेको बेलामा म एउटा विचार समूहमा लागेँ । त्यो विचार समूह नेकपा… विस्तृतमा
August 31, 6:06
धनगढी : सुदूरपश्चिम प्रदेशका १० सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका हुन्।
विगतमा नेपाल समूहमा रहेका १७ जनामध्ये १० जना नेपालले खोलेको नयाँ पार्टी नेकपा (… विस्तृतमा
August 31, 1:37
मोहन पनेरु,डोटी,
पूर्व भौत्तिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बीर बहादुर बलायरले सरकारको संघिय मन्त्रीय परिषदले पुर्णता पाए लगत्तै प्रदेश सरकार फेरवदल हुने बताएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनका लागि गृह जिल्ला आइपुगेका पूर्वमन्त्री बलायरले प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । उनले सुदूरपश्चिम प्रदेश सरकार पनि फेरबदल… विस्तृतमा
August 30, 3:24
धनगढी, १४ भदौ : सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको सचिवको जिम्मेवारी नेप बहादुर चौधरी ‘सिंहराज’ ले पाउने निश्चित भएको छ । माओवादी केन्द्र भित्र पद प्राप्तीका लागि हानथाप भईरहेकै बेला ईञ्चार्ज र सह ईञ्चार्जको टुंगो लागेसंगै नेप बहादुर चौधरीलाई अध्यक्ष बनाउने पार्टीको तयारी भईरहेको माओवादी नेताले बताएका छन् ।
चौधरीलाई अध्यक्ष बनाउन पम्फा भुसालले समेत लविङ गरेकी थिईन । यद्दपि नरेन्द्र कुवँर र… विस्तृतमा
August 30, 2:25
काठमाडौं, १४ भदौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आउँदो १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलामा थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भन्नुभयो, ‘मैले योभन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो… विस्तृतमा
August 29, 7:16
नेपाली काङ्ग्रेस गौरीगंगा नगरपालिका वडा न . ६ को वडा कृयाशिल भेला तथा अन्तरक्रिया कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्नेहरुलाई नेपाली काङ्ग्रेसका महासमिति सदस्य टेकराज जोशीले ७० जनालाई पार्टी प्रबेश गराउनु भएको छ । आइतबार गौरीगंगा नगरपालिकाको वडा न ६ बनबेहडामा आयोजित कार्यक्रममा नेकपा एमालेका गौरीगंगा नगरपालिका वडा न ६ का वडा सदस्यका उम्मेदवार आशाराम चौधरी , मधेसी जनधिकार फोरमबाट वडा… विस्तृतमा
August 26, 3:58
कैलाली । गत चैत्र १५ गते सम्पन्न नेकपा एमालेको प्रदेश कमिटी बैठकले प्रदेश सरकारबाट एमाले बाहिरिने निर्णय गरेको थियो तर, भीम रावलको असहमतिपछि एमाले सरकारबाट बाहिरिएन । बरु सरकार पुनर्गठनमा एमालेले थप भाग पायो ।
जेठ १० गते बसेको स्थायी कमिटी बैठकले पनि प्रदेश सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, केन्द्रको निर्देशन अवज्ञा गर्दै २५ जेठमा एमालेका १७ सांसदले मुख्यमन्त्री… विस्तृतमा
August 25, 5:47
धनगढीः सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय जनमोर्चा पार्टी दुई समूहमा विभाजित भएको छ। यसअघि जनमोर्चाका प्रदेश कमिटी उपाध्यक्ष रहेका लोकेन्द्र लम्सालको अध्यक्षतामा नयाँ प्रदेश कमिटी गठन गरिएपछि जनमोर्चा विभाजित भएको हो।
प्रदेश अध्यक्ष नन्दलाल भट्ट समूहलाई हटाएर नयाँ कमिटी गठन गरिएको धनगढीमा एक पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ। धनगढीमा भएको दुईदिने प्रदेश स्तरीय भेलाले लम्सालको अध्यक्षतामा कमिटी… विस्तृतमा
August 25, 2:25
लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेताहरू सनाखतका लागि पुगेका छन्। बुधबार बिहान ११ बजेपछि नेताहरू निर्वाचन आयोगमा पुग्ने क्रम सुरू भएको छ। आयोगले बिहान ११:३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि भौतिक रूपमा उपस्थित हुन समय दिएको छ। पहिले जसपाका अध्यक्ष रहेका महन्थ ठाकुर आयोगले जसपाको आधिकारिकता अर्का अध्यक्ष उपेन्द्र यादवलाई दिएपछि नयाँ दल दर्ताका लागि निवेदन… विस्तृतमा
August 25, 8:53
धनगढी -
नेकपा एमालेको स्थायी कमिटी बैठकले दस बुँदे सहमति कार्यान्वयन गर्ने सहमति गरेपछि पार्टी सङ्गठन २०७५ जेठ २ गतेको अवस्थामा फर्कँदा नेकपा माओवादीबाट एमालेमा आएका नेताहरूको भने जिम्मेवारी खोसिएको छ । बैठकले ०७५ जेठ २ अघिकै संरचनामा पार्टीलाई लैजाने निर्णय गरेपछि उनीहरू स्थायी कमिटी सदस्य मात्रै भएका छन् । दस बुँदे सहमति कार्यान्वयनका अन्य मापदण्ड बनाइने भनिए पनि तत्काललाई उनीहरूको केन्द्रीय… विस्तृतमा
August 25, 12:42
काठमाडौं । प्रधानमन्त्रीमा चयन भएको ४० दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बल्ल प्रमुख स्वकीय सचिव भानु देउवालाई औपचारिक नियुक्ति दिएको विषय बाहिर आएको छ ।
स्वकीय सचिवकै रुपमा काम गरे पनि भानु देउवा (शेरबहादुर देउवाका माइला भाइ लोकबहादुरका छोरा)लाई स्वकीय सचिव बनाउन पनि देउवाले यत्ति लामो समय खर्चिएका हुन् ।
यसअघि जस्तै यसपटक पनि देउवाले स्वकीय सचिवमा भानुलाई नै निरन्तरता दिन नचाहेका होइनन्… विस्तृतमा