पुर्व मन्त्री गगन थापाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारीको घोषणा

gagn thpa
gagn thpa
August 30, 2:25

काठमाडौं, १४ भदौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आउँदो १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलामा थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भन्नुभयो, ‘मैले योभन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु ।’

१३औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीकै उम्मेदवार बन्नुभएका थापाले ५८४ मत पाउनुभएको थियो । नेता अर्जुननरसिंह केसी शेरबहादुर देउवा समूह तथा डा. शशांक कोइराला रामचन्द्र पौडेल समूहबाट उम्मेदवार रहनुभएकोमा कोइराला निर्वाचित हुनुभएको थियो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउादो मंसिर ९–१३ मा गर्ने घोषणा गरिएको छ । यही १८ भदौंदेखि वडा तहबाट कांग्रेसको अधिवेशन शुरु हुँदैछ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा