कैलालीको मोहन्याल गाउँपालिकाकी कार्यवाहक अध्यक्ष बुढामगरले पनि रोजिन् एकीकृत समाजवादी 

Puja
Puja
September 01, 3:46

धनगढी - 

नेकपा एमाले विभाजन पछि माधव कुमार नेपाल नेतृत्वमा दर्ता भएको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्ने जनप्रतिनिधिको सङ्ख्या बढ्दै गएको छ । बुधवार(आज) कैलालीको मोहन्याल गाउँपालिकाका कार्यवाहक अध्यक्ष पूजा देवी बुढामगरले पनि एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी छन् । उनीसहित मोहन्यालकै कार्यपालिका सदस्य विशाल पहराइ, वडा सदस्य चन्द्रकला कामी गरी तीन जनाले माधव नेतृत्वको नवगठित दल रोजेका हुन् । 

सनाखत पछि प्रतिक्रिया दिँदै कार्यवाहक अध्यक्ष बुढामगरले एमालेमा ओलीको अहङ्कारका विरुद्ध आफूले नयाँ दल रोजेको बताइन् । यस अघि मङ्गलवार सुदूरपश्चिम प्रदेश सभाका १० सांसदले समाजवादीको पक्षमा सनाखत गरेका थिए भने थप तीन जनाले बिहीबार सनाखत गर्ने बताएका छन् । यो सङ्ख्या थप बढ्न सक्ने एक सांसदले बताए । 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा