नकली कागजात मिलाएर आउने बाढीपीडितलाई कारबाही गरिने

news
news
November 21, 2:13

बझाङ,५ मंसिर । बाढीपहिरोले क्षति पु¥याएको भनेर कागजात मिलाएर राहात लिनेलाई छानबिन गरी कारबाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बझाङले  सूचना जारी गर्दै बाढीपहिरोमा परेर घरमा  क्षति नभएको तर वडा कार्यालय र प्रहरी मुचुल्का बनाइ पीडित बनी राहात लिनेमाथि छानविन गर्न लागेको हो ।

जिप्रकाले बाढीपहिरोमा परी पूर्णरुपमा घरमा क्षति भएका र मृत्यु भएका व्यक्तिको परिवारलाई जग्गाधनी लालपूर्जा, वडा कार्यालयको सिफारिस, प्रहरी मुचुल्का र बाढीपहिरोमा परि भएको क्षतिको फोटोलगायतका कागजातका आधारमा राहात वितरण गरेको जनाउँदै आएको छ ।

विपद् व्यवस्थापन कोषमार्फत बाढीपहिरोले विस्थापित पीडितका लागि सरकारद्वारा वितरित राहतमा अनियमितता भएको गुनासो आएको थियो । जिप्रकाले गत मङ्गलबार साँझ सार्वजनिक गरेको राहत पाउनेको सूचीमा पीडित भन्दा गैर पीडितको नाम धेरै भेटिएको थियो । वास्तविक पीडितले अहिलेसम्म राहत नपाएको तर क्षति नै नभएकाले प्रशासनबाट राहत बुझेको सूचीमा भेटिएको थियो ।

May be an image of text

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा