तामाङ र गहतराज एमालेमै रहने, समाजवादीमा १० सासंद मात्रै
धनगढी, १७ भदौ/ सुदूरपश्चिम प्रदेश सभाका एमालेका पूर्व प्रमुख सचेतक तारा लामा तामाङ र आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराज एमालेमै रहने भएका छन् । मंगलवार एकीकृत समाजवादीको पक्षमा तामाङ र गहतराजले पनि सनाखत गर्ने चर्चा थियो ।
राज्यमन्त्री गहतराजले आफु नेकपा एमालेमै रहने बताएकी छिन् । विगतदेखि नै माधवकुमार नेपालको पक्षमा रहेकी गहतराजले समाजवादीको पक्षमा सनाखत नगर्ने बताएकी हुन् । यस्तै सासंद तामाङ पनि एमालेमै रहने खुलेको छ । स्रोतका अनुसार तामाङले समाजवादी संसदीय दलको नेता सहित मन्त्रीको बार्गेनिङ्ग गरिरहेको र बार्गेनिङ्ग नमिले एमालेमै रहने निश्चित भएको बताए ।
मंगलबार १३ सासंद सबैले एकैदिन समाजवादीमा सनाखत गर्ने भनिएपनि ३ जना उपस्थित भएनन् । उनिहरु मध्ये तामाङ र गहतराज एमालैमै रहने भएका हुन ।
समाजवादी पार्टीमा सनाखत गर्ने भनिएका भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारीले समेत आजसम्म सनाखत गरेका छैनन् ।
सभामुख बाहेक २४ जना रहेको एमाले संसदीय दलमा अव १४ जना रहने भएका छन् । सुदूरपश्चिममा अहिलेसम्म १० जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । २२ गतेसम्म सनाखत गर्ने सुविधा प्रदेश सांसद संग छ ।