देउवाको रोजाइमा किन परिरहन्छन् भानु देउवा ?

news
news
August 25, 12:42

काठमाडौं । प्रधानमन्त्रीमा चयन भएको ४० दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बल्ल प्रमुख स्वकीय सचिव भानु देउवालाई औपचारिक नियुक्ति दिएको विषय बाहिर आएको छ ।

स्वकीय सचिवकै रुपमा काम गरे पनि भानु देउवा (शेरबहादुर देउवाका माइला भाइ लोकबहादुरका छोरा)लाई स्वकीय सचिव बनाउन पनि देउवाले यत्ति लामो समय खर्चिएका हुन् । 

यसअघि जस्तै यसपटक पनि देउवाले स्वकीय सचिवमा भानुलाई नै निरन्तरता दिन नचाहेका होइनन् । तर, देउवा पत्नी आरजुका रोजाइ भानु देउवा नभएको बताइन्छ । 

उनको रोजाइमा प्रकाश देउवा थिए । दुई मध्ये कसलाई प्रमुख स्वकीय सचिव बनाउने भन्ने चर्चाका बीच देउवाले यसअघि जस्तै भानुलाई नै रोजेका हुन् । 

यसअघि देउवा २०७४ मा प्रधानमन्त्री हुँदा पनि भानु नै देउवाका स्वकीय सचिव भएर काम गरेका थिए । देउवा पार्टी सभापति हुनुभन्दा अघि र भएपछि पनि देउवाका स्वकीय सचिव भइ भानुले नै काम गर्दै आएका छन् ।  

तर, आरजुको स्वकीय सचिवालयमा काम गरेका प्रकाश देउवालाई बनाउन यसपटक बढी नै दबाबको सामना देउवाले गरेको पनि बताइन्छ । स्वयंम प्रकाशले भने यस्तो हल्लालाई नकारेका छन् । आफूले स्वकीय सचिव बन्न प्रयास नै नगरेको दाबी उनको छ । 

‘मैँले पनि प्रधानमन्त्रीको स्वकीय सचिव बन्नका लागि प्रयास गरेको भनेर चर्चा गरेछन् । तर, त्यस्तो होइन । अनावश्यक हल्ला गर्दै बीचमा खेलेका हुन्,’ प्रकाशले नेपालवाचसँग भने, ‘म उहाँहरूको भतिजो हुँ । यसैले नजिकबाट सहयोग गर्दै आएको हुँ ।’ प्रकाशले आरजुको सचिवालयमा काम गर्दै आएका छन् । 

प्रकाशको नाम पनि प्रधानमन्त्री पत्नी आरजु राणा निकटहरुले नै चर्चामा ल्याएका थिए ।  तर, स्वकीय सचिवका रुपमा विश्वासिलो भएर काम गरेका भानुकै निरन्तरता देउवाले चाहेका हुन् । 

भानु किन सधैं देउवाको रोजाइमा ? 

भानु देउवा शेरबहादुर देउवाका माइला भाइ लोकबहादुरका छोरा हुन् । कम बोल्ने, लो प्रोफाइलमा बस्ने, विश्वासिलो भएर काम गर्ने गरेकै कारण भानु नै उनको रोजाइमा पर्दै आएको बताइन्छ । 

‘स्वकीय सचिव भन्नेबित्तिकै विभिन्न लाभका विषयमा पनि उत्तिकै पोख्त हुन्छन् भन्ने बुझाइ छ । यसअघि केही नेताका पिएले जिम्मेवारीमा बसेर अत्याधिक आर्थिक लाभ लिएका उदाहरण पनि छन्,’ कांग्रेसमा देउवालाई नजिकबाट बुझेको स्रोत भन्छ, ‘तर भानु देउवाका भतिजा हुन् । घरभित्रैका हुन् । असाध्यै सरल र विश्वासिला छन् । यसैले उनलाई रोजेको देखिन्छ ।’ 

४० वर्ष उमेर आसपासका भानु प्रधानमन्त्री देउवाका आवश्यक काममा मात्र ध्यान दिन्छन् । अरु नेताको पिए जस्तो सरुवा, बढुवा, नियुक्तिसहितका विषयमा भानुले कहिल्यै चासो नदिने गरेको बताइन्छ । यस्ता विषयमा काम गरिदिन आउने पनि भानुले काम गराइदिनेमा विश्वास नगर्ने गरेको बताइन्छ । 

‘नेताहरुको पिए भन्ने बित्तिकै सरुवा, बढुवा, नियुक्ति ठेक्कापट्टा जस्ता धेरै काम मिलाइदिन्छन् भन्ने आशयले मान्छे धाउन खोज्छन्,’ कांग्रेस स्रोत भन्छ, ‘तर, भानुको नेचर यस्तो छैन । उनी विशुद्ध देउवालाई अफिसियल प्राविधिक काममा मात्रै सहयोग गर्ने गर्छन् ।’

 

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त, को हुन् उनी ?

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रमुख स्वकीय सचिवमा भानु देउवालाई  नियुक्त गरेका छन् । 

देउवा प्रधानमन्त्री भएदेखि नै भानुले नै सो जिम्मेवारी निभाउँदै आएका थिए । तर, औपचारिकरुपमा नियुक्ति भने पाएका थिएनन् । आजदेखि उनी औपचारिक रुपमै प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव भएका छन् ।

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव कसलाई बनाउने भन्ने विषयमा देउवा र पत्नी आरजुबीच मनमुटाब भएको स्रोतको दाबी छ ।  यसले गर्दा औपचारिक नियुक्तिमा ढिलाइ भएको बताइएको छ । देउवानिकट स्रोतका अनुसार आरजु आफ्ना स्वकीय सचिव प्रकाश देउवालाई सो पदमा नियुक्त गर्न चाहन्थिन् । तर, देउवाले त्यो मानेका थिएनन् ।भानु प्रधानमन्त्री देउवाका भतिजा हुन् । उनी यसअघि देउवा प्रधानमन्त्री भएका वेला पनि स्वकीय सचिव थिए । 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा