बागमतीका मन्त्री खनालले मन्त्री छोडेर रोजे एमाले समाजवादी, समाजवादी छोडेकी अष्टलक्ष्मीको पद धरापमा 

UML
UML
September 01, 9:56

धनगढी – १६ भदौ – बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिने भएका छन् । आफूले मन्त्री पदबाट राजीनामा दिन लागेको खनालले बताए ।

अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार गठन भएकै दिन खनाल मन्त्री बनेका थिए । खनालले एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

अन्तर संघर्ष चलिरहेको बेलामा म एउटा विचार समूहमा लागेँ । त्यो विचार समूह नेकपा एकीकृत समाजवादी पार्टीको रूपमा दर्ता भयो । मैले त्यसैमा सनाखत पनि गरेँ । अब मलाई नैतिकताले मन्त्री पदमा रहन दिएन,’ राजीनामा दिन लागेको कारणबारे खनालले भने ।

 

विगतमा माधव नेपाल खेमामै रहेकी अष्टलक्ष्मी शाक्य कित्ता परिवर्तन गरी दुई हप्ता अगाडि बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् । बागमती प्रदेशका १२ सांसदले एमाले परित्याग गरी एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेकी छन् ।

सरकार अल्पमतमा परेसँगै मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा