प्रदेश सरकार फेरवदल हुन्छ –पूर्वमन्त्री बलायर

news doti
news doti
August 31, 1:37

मोहन पनेरु,डोटी,

पूर्व भौत्तिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बीर बहादुर बलायरले सरकारको संघिय मन्त्रीय परिषदले पुर्णता पाए लगत्तै प्रदेश सरकार फेरवदल हुने बताएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनका लागि गृह जिल्ला आइपुगेका पूर्वमन्त्री बलायरले प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । उनले सुदूरपश्चिम प्रदेश सरकार पनि फेरबदल हुने दावी गरे । पत्रकारहरुको प्रश्नमा उनले कांग्रेसको नेतृत्व हुने वा सरकारमा सहभागि हुने कुरा भने टुंगो नलागेको बताए । ‘कुन कुन प्रदेश कांग्रेसको हातमा पर्छ भन्ने कुरा गठबन्धनसंगको सल्लाहपछि मात्र भन्न सकिन्छ’, पूर्वमन्त्री बलायरले भने, ‘सुदूरपश्चिम हाम्रो भाग पर्न पनि सक्छ नपर्न पनि सक्छ ।’ उनी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवा निकट मानिन्छन् ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा