राजनीति
September 07, 11:28
धनगढी: बैतडीमा सोमबार सम्पन्न भएको नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनबाट १९ वर्षीया महेश्वरी भट्ट (ऐर) क्षेत्रीय प्रतिनिधिमा चयन भएकी छिन्।
उनी पाटन नगरपालिका २ बाट क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन्। जिल्लाका क्षेत्रीय प्रतिनिधिमध्ये सम्भवतः सबैभन्दा कान्छी प्रतिनिधिको रुपमा महेश्वरी चयन भएकी हुन्। निर्वाचन अधिकृत पुुष्पराज जोशीका अनुसार वडा अधिवेशनले ८४ ओटै वडामा… विस्तृतमा
September 07, 11:22
नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत शुक्रवार भएको वडा अधिवेशनबाट स्याङजामा एकै घरका ६ जना निर्वाचित भएका छन् । सहमतीका आधारमा पुतलीबजार नगरपालिका–२, बाट क्षेत्रीय प्रतिनिधिमा एकै घरका ६ जना निर्वाचित भएका हुन् ।
एकै घरबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनेहरुमा ख्यामनारायण पराजुली, सुगम पराजुली, कमल पराजुली, युवराज पराजुली, कृष्ण पराजुली र रमा पराजुली रहेको वडा मतदान अधिकृत कृष्ण… विस्तृतमा
September 07, 9:32
डोटी । राष्ट्रिय जनमोर्चा जिल्ला समितिको पुनर्गठन गरिएको छ । सोमबार बसेको बैठकले समितिका सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको अध्यक्ष बेणीमाधव जोशीले जानकारी दिनुभएको छ ।
महासचिव मनोज भट्टको उपस्थितिमा बसेको बैठकले जिम्मेवारी हेरफेर गरेको अध्यक्ष जोशीले बताउनुभयो । २३ सदस्यीय जिल्ला समितिको उपाध्यक्षमा रमेश अवस्थी, सचिव मान बहादुर खड्का, सह सचिव खगेन्द्र प्रसाद जोशी र कोषाध्यक्ष नरेश आले रहनुभएको… विस्तृतमा
September 06, 9:40
बाजुरा – नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा सातौ जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा टोल समिति गठनमा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रम बढेको छ ।
सोमबार नेपाली काँग्रेस बडीमालिका–२ वडा कार्य समितिले आयोजना गरेको टोल समिति गठनमा नेकपा एमाले वडा सचिव भीमबहादुर बोगटी सहित पाँच परिवार एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेसकी महिला नेत्री जयन्ती हमालले… विस्तृतमा
September 06, 9:31
भदौ २१, २०७८ डडेल्धुरा – नेपाली कांग्रेस डडेल्धुराको माहाअधिवेसन प्रतिनिधि तथा सातौ जिल्ला अधिवेसनका लागी सभापति पदका उमेदवार भिम बहादुर साउदले १४ औ माहाअधिवेसनका लागी भावि पार्टी सभापतीका उमेदवार शेर बहादुर देउवा लाई सघाउन आफुले जिल्ला सभापतिमा उमेदवारी दिएको बताए ।
आईतबार रेडियो सुदुरआवाजको सुदुरसरोकारमा उनले सो कुरा बताएका हुन । साथै उनले डडेल्धुरा कांग्रेसमा बिद्यमान गुटको अन्त्य गरि पार्टी… विस्तृतमा
September 06, 8:30
डोटी । डोटीमा नेकपा एमालेका तीन जना जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) एसको पक्षमा सनाखत गरेका छन् ।
जिल्लाको पुर्विचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिकाका उप-प्रमुख शिवराज खड्का र सायल गाउँपालिका वडा नं.३ का अध्यक्ष गोरख बहादुर सार्कीले सनाखत गरेका हुन् ।
आफूहरू नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा रहेको भन्दै निर्वाचन आयोगको जिल्ला… विस्तृतमा
September 06, 12:17
धनगढी –
सुदूरपश्चिम प्रदेश सभामा एमालेका थप तीन जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेसँगै एमाले पहिलो दलबाट चौथोमा झरेको छ । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक तारा लामा तामाङ र पूर्व मन्त्री प्रकाश रावलले आइतबार प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर समाजवादीको पक्षमा सनाखत गरेका छन् ।
सोडारी एमाले कैलाली र तामाङ एमाले कञ्चनपुरका अध्यक्ष… विस्तृतमा
September 05, 5:22
धनगढी : सुदूरपश्चिममा एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १३ पुगेको छ। यसअघि नै १० प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए भने आज थप तीन जनाले सनाखत गरेका हुन्।
आईतवार भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। नेकपा एमालेको… विस्तृतमा
September 05, 11:49
काठमाडौं, २० भदौ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु चयन गरेको छ ।
राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँट गरिएको हो ।
नेकपा एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशिका ९अपानी०मा उल्लेख भएअनुसार पार्टी अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ खनाल सहित पहिले… विस्तृतमा
September 04, 1:44
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमका नौमध्ये चार जिल्लामा वडा अधिवेशन सुरु भएको छ।
सुदूरपश्चिमका कञ्चनपुर, डोटी, अछाम र बाजुरामा शुक्रबार वडा अधिवेशन भएका हुन्। केन्द्रीय निर्वाचन समिति क्रियाशील सदस्यहरुको नामावली प्रकाशन गरिसकेकामध्ये दार्चुला र बैतडीले तयारी नपुगेको भन्दै वडा अधिवेशन गरेका छैनन्।
बैतडीमा भदौ २१ र दार्चुलामा भदौ २२ गते वडा अधिवेशन गरिने बताइएको… विस्तृतमा
September 03, 6:08
अछाम : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट अछाममा सबैभन्दा कान्छो उमेरका सभापति बनेका छन् । जिल्लाको साफेबगर नगरपालिका वडा नं १० घुघुरकोटमा २५ बर्षिय हेमराज खड्का वडा सभापतिमा निर्वाचित भएका हुन ।
September 03, 4:58
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार भक्तपुरमा पुगेर पार्टीको वडा अधिवेशन उद्घाटन गरेका छन्।
प्रधानमन्त्री समेत रहेका देउवाले भक्तपुरको सूर्यविनायक नगरपालिका-५ को वडा अधिवेशनलाई उद्घाटन गर्दै भक्तपुरमा पार्टीको उपस्थिति मजबुत रहेको पनि बताएका छन्।
भक्तपुर पुगेर सम्बोधनका क्रममा देउवाले एमाले नेता एवम् संघीय सांसद महेश बस्नेतलाई उनकै निर्वाचन क्षेत्रमा पुगेर निशाना बनाए। उनले… विस्तृतमा
September 03, 1:13
डोटी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री वीरबहादुर बलायरले १४ औं महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु भएको अवसरमा शुभकामना दिएका छन् । १४ औं महाधिवेशका लागि शिखर –८ मा निर्विरोध चयन भएको वडा अधिवेशनमा बोल्दै लोकतान्त्रिक विधि–प्रक्रिया सर्वसम्मत र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सबल नेतृत्व चयनका लागि उनले शुभकामना दिएका हुन् ।बलायरले भने,’ १४ औं महाधिवेशन… विस्तृतमा
September 03, 11:49
धनगढी –
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष डा. भीम रावलकै गृह नगर साँफेबगर नगरपालिका प्रमुखले पनि उनको साथ छाडेका छन् । उनी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
एमाले प्रदेश कमिटी सदस्य रहेका कुलबहादुर कुँवर समाजवादीको काठमाडौँमा भएको सुदूरपश्चिमका अगुवा कार्यकर्ता भेलामा सहभागी भएका थिए । नेकपा एमाले साँफेबगर नगरपालिका इन्चार्ज सिलोज कुँवर पनि समाजवादीमा गएका छन् । नेता… विस्तृतमा
September 02, 5:07
काठमाण्डौ १७ भाद्र/सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
बागमती प्रदेशस्थित कांग्रेस सांसद नरोत्तम वैद्यले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।प्रदेश सांसद वैद्यले सर्वोच्चमा रिट दर्ता गरेको जानकारी दिएका छन्। ‘रिट दर्ता भएर प्रक्रियामा गइसक्यो,’उनले भने ।वैद्यले रिटमा कांग्रेसको महाधिवेशन पछि सार्न माग गरेका छन्। ‘कोभिडका कारण नेपाली… विस्तृतमा