देउवाका लागी देशभर जीतको माहोल बनाउन मेरो उमेदवारी हो ; भिम बहादुर साउद

news doti
news doti
September 06, 9:31

भदौ २१, २०७८ डडेल्धुरा – नेपाली कांग्रेस डडेल्धुराको माहाअधिवेसन प्रतिनिधि तथा सातौ जिल्ला अधिवेसनका लागी सभापति पदका उमेदवार भिम बहादुर साउदले १४ औ माहाअधिवेसनका लागी भावि पार्टी सभापतीका उमेदवार शेर बहादुर देउवा लाई सघाउन आफुले जिल्ला सभापतिमा उमेदवारी दिएको बताए ।


आईतबार रेडियो सुदुरआवाजको सुदुरसरोकारमा उनले सो कुरा बताएका हुन । साथै उनले डडेल्धुरा कांग्रेसमा बिद्यमान गुटको अन्त्य गरि पार्टी भित्र अनुशासन कायम गर्ने र सुचना तथा प्रबिधिमैत्री पार्टी कार्यालयको स्थापना गरि शुसासन कायम गर्ने बताए ।


सधै उपेक्षामा परेको र द्धोन्दका कारण बिकास हुन नसकेको भित्रि मधेस क्षेत्रको प्रतिनिधित्व लाई लिन साथीहरुले सुझाव दिए अनुसार सभापती पदका लागी उमेदवारी दिएको नेता साउदले बताए । 
बर्तमान प्रधानमन्त्रि तथा सभापति देउवाको गृह जिल्लामा बिगत १० बर्ष देखि काग्रेस भित्रको तिक्तताका कारण बिकास हुन नसकेको भन्दै अब आफुले सम्पुर्ण समय जिल्लाको बिकासका लागी दिने बताए ।

नेता साउदले जिल्ला लाई शैक्षिक हव तथा गुणस्थरीय स्वास्थ्यको हवका रुपमा बिकास गर्ने, बेरोजगारीदर घटाउने, बिकासहरुको स्तरोन्नती गर्ने बताए । बनेका सडकहरु  बगरकोट– रुपाल स्तरोन्नती  गर्नुपर्ने, उग्रतारा, देवल–दिब्यपुर – मेलौली सडक स्तरोन्नती  गर्नुपर्ने, उग्रतारा बेलापुर – ढुगाड, भात्काँडा, रेल –बडाल  (पुरानोपाउडन्डीको बाटो)  घटाल डोटी चिरकिट्टे जोगबुढा हुदै कञ्चनपुर जाने सडक स्तरोन्नती गर्नुपर्ने र ग्रामिण सडकहरु बनाउनु पर्ने अफ्नो बिकासको दायित्व हुने बताए ।
सभापतीको उमेदवारी दिएपछि केहि साथीहरु बाट भ्रमपुर्ण अभिब्यक्ति आएकाले त्यसमा नपर्न आग्रह गर्दे नेता साउंदले आफुले पैसाको बलमा नभई पार्टी लाई केहि राम्रो गर्छु भन्ने पवित्र ढंगले अगाडी बढ्न उमेदवारी दिएको बताए ।

आफु निमार्ण ब्यवसायी भएकाले धेरैलाई रोजगारी संग जोडेको, राज्यलाई कर तिरेको कुरा नबिर्सिन पनि उनले आग्रह गरे ।  
आसन्न सातौ जिल्ला अधिवेसन सकभर सहमतीमै जानु पर्ने सहमती भएपनी म र स्वस्थप्रतिसस्पर्धा भएपनी म नै उमेदवारका रुपमा रहने भएकाले यसमा दुबिधामा नपर्न समेत नेता साउदले आग्रह गरे ।
परशुराम नगरपालिकाका नगर प्रमुखका रुपमा रहेका भिम बहादुर साउंद बिस २०३६ सालमा बिद्यार्थी राजनिति बाट कांग्रेसमा आएका हुन ।

बिस २०५४ मा तत्कालीन जिबिस सदस्य हुंदै पार्र्टी भित्र लगातार २ पटक माहाअधिवेसन प्रतिनिधि र बिस २०७४ को स्थानीय निर्बाचनमा नगरप्रमुखका रुपमा हाल सम्म कार्यरत छन । तत्कालीन माउबादी बिद्रोहका बेला माउवादीले उनको घर, पसल तथा गाडीमा आगजनी गरेको थियो । 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा